शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पद र सत्ताका लागि मात्र कम्युनिस्टहरूसँग एकता गर्न नसकिने बताएका छन् ।

धनगढीमा दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले विचार र मुद्दाका आधार भने एकता सम्भव भएको बताए ।

‘अहिलेको संसदीय व्यवस्था मानेर मन्त्री खान, मुख्यमन्त्री खान, कुर्सीका लागि एकता हुँदैन,’ उनले भने, ‘अहिलेको संसदीय व्यवस्था खारेज गर्न सहमत भए एकताका लागि तयार छौँ,’ उनले भने ।

उनले सबै कम्युनिस्ट एकै ठाउँमा आऊन् भन्ने आफ्नो पनि चाहना रहेको भन्दै वर्तमान संविधान खारेज गरी कार्यकारी राष्ट्रपतीय शासन प्रणाली लागू हुनुपर्ने धारणा राखे ।

निमुखा जनता र राष्ट्रको पक्षमा बोल्दा विगतमा कम्युनिस्टलाई कम्युनिस्ट पार्टीले नै प्रतिबन्ध लगाएको भन्दै दुःख व्यक्त गरे । उनले अहिले सत्तामा रहेकाले नै दलितमाथि विभेद गरेको दाबी गरे ।

सम्मेलन सुरु हुनुअघि धनगढीमा प्रदर्शन गरिएको थियो । २९ कात्तिकसम्म हुने सम्मेलनले नयाँ नेतृत्व चयन गर्नेछ । अन्नपुर्ण टाइम्सबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय