बुधबार , भाद्र १, २०७९

नेपाली राजनिती,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

डडेलधुरा, कात्तिक २४ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा पाँद दलीय गठबन्धन नबने एमालेले पत्तासाफ गर्ने चिन्ता जनाउनु भएको छ ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा कम्युनिष्ट आन्दोलन जोगाउने अभियान चलाउनु भएका नेपालले देउवाकै गृहजिल्ला डडेलधुरामा आएर यस्तो चिन्ता जनाउनु भएको हो ।

एमालेमा रहेका केही पदलोलुपहरुलाई भित्र्याउन आउनु भएका नेपालले चुनावमा पाँचै दल मिलेर एमालेलाई ठेगान लगाउने अभिब्यक्ति दिँदै एक्लै गए आफूहरुलाई एमालेले पत्तासाफ नै बनाउने मनको त्रास पोख्नुभयो । ‘आउने चुनावमा पाँचै पार्टी मिलेर जाने छौं, केपी गुटको पत्तासाफ हुने छ,’ नेपालले भन्नुभयो ।

उहाँको यो भनाई एमालेसँग कतै पनि एक्लै सामना गर्न सक्ने ल्याकत कुनै पनि दलको नरहेको निश्कर्षका आधारमा आएको हो । ‘आउने चुनावमा केपी गुटको कति सिट आउँछ त्यो टर्च बालेर खोज्नुपर्छ भनेर मैले भनिसकेको छु,’ नेपालले भन्नुभयो । यो खबर जनता टाइम्समा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय