शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

काठमाडौ । नेपाली कांग्रेसको सभापति बन्न तयारी थालेका नेता प्रकाशमान सिंह शुक्रबार अचानक भारत तर्फ लागेका छन् ।

उनले अब नेपाली कांग्रेसमा नेतृत्व परिवर्तन गर्नुपर्ने माग राख्दै आफै सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।

कांग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सभापतिमा दाबेदारी प्रस्तुत गरेका पूर्वमहामन्त्री सिंह अचा’नक दिल्ली लागेको खबर चासोका साथ हेरिएको छ ।

उनी नेपाल भारत रुपैडिया नाकाबाट लखनउ हुँदै नयाँ दिल्ली पुगेका हुन्। उनी बर्दियामा एक कार्यक्रममा सहभागी भई उतैबाट भारत गएका हुन्।

सिंहले नयाँ दिल्लीमा राजनीतिक भेटघाट गर्ने बताइएको भएपनि यसवारे आधिकारीक कुरा भने सार्वजनिक गरिएको छैन । सिंहले कसलाई भेट्दैछन् भन्ने खुलाइएको पनि छैन ।

सिंह शनिबार स्वदेश फर्कनेछन्। भारत लाग्ने भएका का’रण उनी पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्रबार डा’केको बैठकमा सहभागी भएनन्।

सिंह यसपटक कांग्रेस सभापतिमा उम्मेदवार उठेरै छा’ड्ने अडानमा छन्। गत महिना कांग्रेसका नेता शशांक कोइराला सुटु’क्क दिल्ली गएर फर्केका थिए। त्यसअघि सभापतिका अर्का दाबेदार तथा उपसभापति विमलेन्द्र निधि पनि दिल्ली गएका थिए।

पार्टी सभापति एवम् प्रधानमन्त्री शेर बहादुर देउवाले दशैँअघि सह महामन्त्री प्रकाश शरण महतलाई दिल्ली पठाएर भारतीय जनता पार्टीका नेताहरुसंग भेटघाट गर्न लगाएका थिए ।

पार्टीको महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरु दिल्ली दौडाहामा जान थाल्नुलाई अर्थपूर्ण मानिएको छ। यस्ता भ्रमणलाई दिल्लीको आशिर्वाद बटुल्ने कांग्रेस नेताको प्रयासका रुपमा पनि अर्थ्याइएको छ। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय