शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

काठमाडौं । प्रश्न सोध्दा ‘नाक भाँच्न १ करोड छुट्याएको’ भन्दै पत्रकारलाई लो’प्पा खुवा’उने नेकपा एमालेका नेता एवं इटहरी उप महानगर पालिका मेयर द्वारिकलाल चौधरीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालको टिमलाई लन्च पार्टी दिएका छन् ।

शुक्रबार अध्यक्ष नेपाल, प्रदेश नम्बर १ का नयाँ मुख्यमन्त्री राजेन्द्रकुमार राईलगायतको टिमलाई इटहरी लबिपुर निवासमा बोलाएर मेयर चौधरीले लन्च दिएका हुन् ।

मटन, चिकन र माछालगायत विभिन्न परिकार बनाएर अध्यक्ष नेपालको टिमलाई सत्कार गरेका चौधरीले एमाले सुनसरीको नेतृत्वबारे पनि गुनासो पोखेका थिए ।

लन्च पार्टीमा वर्षाको समयमा उप महानगरभित्र देखिँदै आएको बाढीको समस्यालगायत पूर्वाधार विकासको समस्याबारे पनि आफ्ना कुराहरु राखेका थिए ।

दुई दिनअघि सम्पन्न भएको एमाले जिल्ला कमिटी सुनसरीको बैठकमा अध्यक्षता विषयमा विवाद बढ्दा मेयर चौधरीले माइक खो’से’र थर्काएका थिए । उनले पार्टी विधि, पद्धतिअनुसार नचलेको भन्दै माइक खो’सेर अध्यक्षतामा वि’वाद गर्ने रेवती भण्डारी र रमेश बस्नेतलाई झपा’रेका थिए ।

त्यसलगत्तै शुक्रबार भएको लन्च पार्टीको भेटले मेयर चौधरी एमाले छाडेर माधव नेपाल नेतृत्वको पार्टीमा प्रवेश गर्न लागेको हल्ला छ । त्यसो त समाजवादीको इटहरी नगर कमिटीको फेसबुक पेजमा मेयर चौधरी र इटहरी उपमहानगरपालिका ४ का अध्यक्ष चन्द्र भट्टराईले एमाले छाड्ने संकेत देखाएको छ ।

केही वर्षअघि पत्रकार विराट अनुपमले मेयर चौधरीमाथि प्रश्न सोध्दा ‘ तिम्रो नाकको ह’ड्डी भाँच्छु अनि मात्र मलाई शान्ति हुन्छ’ भन्दै धम्क्या’एका थिए । त्यसपछि मेयर चौधरी विवा’द र च’र्चामा छाएका थिए । यो खबर न्युज २४मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय