शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

काठमाडौं, २६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नजिकिदै गरेको १०औं महाधिवेशको लागि आकर्षक लोगो सार्वजनिक गरेको छ ।

सार्वजनिक भएको एमालेको लोगोमा गैंडाले कम्युनिष्ट पार्टीको झण्डा बोेकेको देखिन्छ । अगाडी सुर्यको चिन्ह्र अंकित छ । झण्डाको पृष्ठभुमिमा भने अग्रेजीमा १० लेखेको देखिन्छ ।

एमालेले आगामी मंसिर १० गतेदेखि १२ गतेसम्म चितवनमा महाधिवेशन गर्ने भएको हो । ‘दक्षि’णपन्थी अ’वसरवाद र संगठ’नात्मक अरा’जकतालाई पराजित गरौ, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौ ।’ भन्ने नारासहित एमालेले चितवनमा महाधिवेशन गर्दैछ । यो खबर रिपोटर्स नेपालमा छ । यता प्रमुख प्रतिपक्षी नेकपा एमाले को संगठित सदस्य आठ लाख बढि भएका छन् ।

आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुन लागेको १०औँ राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोटको काम चलिरहँदा एमालेमा संगठित सदस्य संख्याले आठ लाखको आँकडा नाघेको हो।

नेकपा एमालेको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बिहीबारसम्म पार्टीका संगठित सदस्य संख्या आठ लाख नाघेको जानकारी नेपालखबरलाई दिएका छन्।

तामाङका संगठित सदस्य सबैभन्दा धेरै मोरङमा रहेका छन्। त्यसपछि अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामा संगठित सदस्य रहेका छन्।

नेताहरु लालबाबु पण्डित, भानुभक्त ढकाल, विनोद ढकाल र घनश्याम खतिवडासहितका नेताको गृहजिल्ला मोरङमा ३३ हजार ९ सयजना संगठित सदस्य रहेका छन्। उता ओलीको गृहजिल्ला झापामा संगठित सदस्य संख्या २७ हजार ४ सय रहेको छ।

ुअहिलेसम्म देखिएको संगठित सदस्य संख्यामा सबैभन्दा बढी मोरङमा रहेका छन्। त्यसपछि झापामा रहेका छन्,ु तामाङले भने, ुतर यो अन्तिम विवरण होइन। संगठित सदस्यको विवरण जिल्लाबाट आइरहेकाले हामी कात्तिक २७ बिहानसम्म अपडेट गर्छौँ।

एमाले केन्द्रीय कार्यालयका अनुसार देशका ७७ मध्ये नौ जिल्लाको अन्तिम परिणाम आइसक्न बाँकी छ। अहिलेसम्म ६८ जिल्लाको संगठित सदस्यको विवरण आएको छ। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय