शुक्रबार , बैसाख ७, २०८१

नेपाली राजनिती

काठमाडौं, २६ कात्तिक । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच निकटता बढ्दै गएको छ । यी दुई नेताबीच कतिपय मुद्दाका कारण निकटता बढेको हो ।

विशेषगरी अमेरिकी सहयोगसम्बन्धी मि’लेनियम च्यालेन्ज कर्पोरे’शन (एम’सीसी) बारे देउवा र ओलीको धेरै कुरा मिलेको छ । प्रधानम’न्त्री देउवा एमसीसी पारित गर्न आतुर छन् ।

ओली पनि प्रधानमन्त्री हुँदा एमसी’सीको पारित गर्न बढेको थिए । अहिले ओली एमसी’सीबारे मौन छन् । तर, उनले स’त्ता गठबन्ध’नको धारणा आएपछि मात्र बोल्ने स्पष्ट पारेका छन् ।

एमसी’सीबारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित सबैजसो कम्यु’निस्ट पार्टीहरु विरो’धमा छन् ।

प्रचण्डले एम’सीसी पारित गर्ने लिखित पत्र पठाएको देउवाको खुलासालाई ख’ण्डन गरेका छन् । माधव नेपाल पनि संशो’धनविना एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।

सत्ता गठ’बन्धनभित्र एमसीसीबारे मतभे’द देखिएकाले गठ’बन्ध’नमा समस्या आइसकेको छ । एमसीसीकै कारण गठबन्धन टुट्न पनि सक्छ । यसलाई पारित गर्न काँग्रेस र एमाले मिलेर अगाडि बढ्ने परिस्थिति सृजना पनि हुनसक्छ

यही यथार्थ बुझेर जसपा संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराईले एम’सीसीबारे भ्र’म नफैलाउन भनेका छन् । उनी एम’सीसीको पक्षमा उभिएका छन् ।

एम’सीसीको पक्ष या विपक्षमा दलहरु देखिएकाले संसदमा अगाडि बढाउँदै ठूलै कम्पन जानसक्छ । माओवादी र नेकपा एस विपक्षमा उभिएमा देउवाले ओली, महन्थ ठाकुर र उपेन्द्र यादवलाई मिलाएर जाने अवस्था बन्ने देखिएको छ । त्यतिबेला नयाँ गठब’न्धनको परिस्थिति तयार हुनसक्छ ।

अर्कोतर्फ, संवैधानिक परिषदले गरेका संवैधानिक निकायका नियुक्तिहरुमा पनि देउवा र ओलीबीच भित्री सहमति देखिन्छ । यसको खारेजीको दबाब प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि सृजना गर्न खोजिएको कारण देउवा र ओलीबीच नि’कटता बढेको देखिन्छ ।

काँग्रेस र नेकपा एमाले निकट का’नुन व्यवसायीहरुको संगठनले एकैदिन प्रधानन्यायाधीश जब’रालाई उत्सा’ही बनाउने गरी तिहारको ठिक अघि विज्ञप्ति जारी गरेका थिए । यो अर्थपूर्ण छ ।

संवै’धानिक निकायको नियुक्ति अदा’लतको फै’सलाले खारेज गराउन प्रच’ण्ड र माधव नेपाल लगायत नेताहरु लागेका छन् । यो विषयले पनि देउवाको प्रचण्ड र माधव नेपालसँग दूरी बढ्दै गएको छ । यस अवस्थामा ओली नजिकिएका छन् ।

एमसीसी र प्रधानन्यायाधीशको विषयले देउवा र ओलीबीच फेरि गठबन्धन बन्नसक्ने परिस्थिति विकास हुँदै गएको छ ।-File Photo साभार रिपोटर्स नेपाल बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय