मंगलबार , बैसाख ११, २०८१

नेपाली राजनिती,

नेकपा एमाले विभाजन गराएर नेकपा एसको अध्यक्ष बनेका माधव कुमार नेपालका बिषयमा बिषयमा नयाँ नयाँ कुराहरु खुलासा हुँदै गएका छन् ।

माधव नेपालले आफ्ना अभिव्यक्तीहरुमा प्राय नछुटाउने शब्द हो अपमान । एमाले अध्यक्ष ओलीले आफुलाई अपमान गरेको र ओलीले सिनियर नेतालाई समेत सम्मान गर्न नजानेको भन्दै नेपालले पटक पटक बोल्ने गरेका छन् ।

माधव कुमार नेपाल स्वयं कुन मनोग्रन्थीका मान्छे हुन् भन्ने रोचक खुलासा भएको छ । एमालेवृतमा नेपाललाई फरकारिलो मन नभएको नेताको रुपमा कपिपयले आलोचना गर्ने गरेका थिए । सो आरोपलाई पुष्टि हुने खालको तथ्य ओटीभी नेपाल डटकमले फेला पारेको छन् ।

एमालेले मार्गदर्शक सिद्धान्त मान्ने जनताको बहुदलिय जनवादका प्रणेता मदन भण्डारीको समेत माधव नेपालले इष्र्या गर्ने गरेको रहस्य खुलेको छ। बहुदल स्थापना पछि काठमाडौँमा एमालेले विशालसभा गरेका थियो जसमा माधव नेपाल , मदन भणडारी लगायतले सम्बोधन गरेका थिए त्यस बेलाको रोचक तथ्य अहिले खुलेको छ ।

विशाल सभालाई सम्बोधन गर्दा जनमानसबाट मदन भण्डारीको भाषणममा ठूलो हुटिङ र तालिको बर्षा भएको थियो तर माधव नेपालले बोल्दा ताली नबजे पछि माधव नेपाल बसेको कुर्सी बाट पटक पटक बस्दै उठ्दै गरेको त्यसबेलाका एक प्रत्यक्षदर्शीले ओटीभी नेपालाई बताए ।

माधव नेपालको यस्तो अस्वाभाविक गतिविधी देखे पछि नेताहरु केशव बडाल , कृष्णगोपाल श्रेष्ठ र हालका जसपाका नेता त्यसबेलाका एमाले नेता राजेन्द्र श्रेष्ठले माधव नेपाललाई के भयो किन यस्तो गरेक? भनेर कुनामा गएर सोध्दा नेपालले म बोल्दा कसैले तालि बजाउँने मदन भण्डारी बोल्दा सबैले ताली बजाउँने ? भन्दै बम्कीएको तीन मध्येका एक नेताले ओटीभी नेपाललाई बताए ।

माधव नेपालले त्यस्तो बताएका पछि उनीहरुले आज माधव कमरेडलाई के भएको होला? भनेर त्यहिँनै कानेखुशि गरेको ती नेताले ओटीभी नेपालसँग ती दिन सम्झँदै बताए । नेपाल सँग भँगेरे छात्ती भएको े टिप्पणी ती नेताले गरेका छन् । otv nepal बाट साभार गरियको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय