बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

नेपाली काग्रेसका युवा नेता तथा प्रतिनिधीसभाका सदस्य गगन थापाले आगामी निर्वाचनमा नेपाली काग्रेसले एक्लै प्रतिष्पर्धा गर्ने बताएका छन् ।

माओवादीलाई बोक्दाको परिणाम यस अघिनै चितवनमा देखीसकिएको भन्दै नेता थापा अब काग्रेसका हरेक मतदाताले रुख चिन्हमै मत हाल्ने प्रष्ट पारेका छन् । कुनै पनि बाहनामा अरु पार्टी सँग गठबन्धन गरेर निर्वाचनमा जाने कुरा स्विकार्य नहुने पनी थापाले बताएका छन् ।

सिन्धुलीमा आज आयोजित कार्यक्रममा बोल्दै थापाले भने, ‘कोहीसँग मिलेर चुनाव लड्ने कांग्रेसको स्वभाव नै होइन, रूखबाहेक अन्यत्र कांग्रेसले भोट हाल्दैन।’

सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले नै गठबन्धन चुनावसम्म जाने संकेत गरिरहेका बेला थापाले अरूसँग मिलेर चुनाव लड्न नहुने बताएका छन्।

उनले कांग्रेस पहिलो पार्टी बनाउने हो भने अहिले रहेका मतदाता जोगाउँदै थप मतदाता आकर्षित गरिनुपर्ने बताए।कांग्रेस पहिलो पार्टी बन्ने हो भने अहिलेको मतदाता जोगाउँदै ४३ लाख भन्दा बढी मत हामीले ल्याउनुपर्नेछ,’ उनले भने।

उनले गत निर्वाचनमा माओवादीसँग चितवनमा गठबन्धन गर्दा त्यसको नकरात्मक प्रभाव परेकोसमेत बताए।साथै उनले १४ औं महाधिवेशन मंसिर २४ देखि २६ सम्म हुने र अब महाधिवेशनको मिति नसर्ने बताए। पार्टी नेतृत्व चयन गर्दा सक्षमलाई नेतृत्वमा पुर्‍याउनसमेत उनले आग्रह गरेका छन्। यो खबर अोटिभी नेपालबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय