बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

जनयुद्धका बेला डा. बाबुराम भट्टराईले जनताका छोराछोरीलाई ब’न्दुक बोकाएर आफ्नी छोरी मानुषी यमी भट्टराईलाई चाहिँ बेलायतमा पढाएको भनेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झु’टो बोलेको भन्दै व्यापक खण्डन र आ’लोचना भइरहेका बेला ओलीनिकट केन्द्रीय सदस्य सूर्य थापाले भने ओलीले सत्यतथ्य नै बोलेको जिकिर गरेका छन्।

‘copied (साेसल मिडियामै भेटिएको)’ भनेर थापाले मानुषीले ‘बेलायतमा २ वर्ष बस्दा उनले त्यहाँको न्युक्यासलस्थित क्राइस्ट चर्च स्कुलमा कक्षा ३ र ४ को पढाइ पूरा गरेको’ दाबी गरेका हुन्।

यसअघि जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. भट्टराई र सोही पार्टीका नेतासमेत रहेकी उनकी छोरी मानुषीले पूर्वप्रधानमन्त्री ओलीले तथ्यहीन कुरा बोलेको भन्दै खण्डन गरेका थिए।

तर ओली प्रधानमन्त्री भएका बेला प्रेस सल्लाहकारसमेत बनेका एमाले नेता सूर्य थापाले सोमबार बिहान सामाजिक सञ्जालमार्फत ओलीले सत्यतथ्य नै बोलेको दाबी गरेका हुन्। ​

थापाले फेसबुकमा लेखेका छन्– तथ्य स्वयं बोल्छ– जनताका छोराछोरीको काँधमा जनयुद्धको भारी र बन्दुक, आफ्नी प्यारी छोरीचाहिँ बेलायत, देहरादुन, दार्जिलिङ र नयाँदिल्लीका महँगा स्कुलमा?

केपी शर्मा ओलीले सत्यतथ्य नै बोल्नुभएको छ :

‘मानुषी यमी भट्टराई श्रेष्ठले प्रारम्भिक शिक्षाको सुरुवात काठमाडौंकै स्वर्णीम स्कुलबाट थालनी गरेकी हुन्। नर्सरीदेखि केजीसम्म त्यहाँ पढेपछि १ र २ कोटेश्वरस्थित नवज्योति स्कुलमा पढिन्।

आमा हिसिला यमी उच्च शिक्षा आर्जन गर्नका लागि बेलायत गएपछि उनको पढाइ बेलायतबाट अघि बढ्यो। बेलायतमा २ वर्ष बस्दा उनले कक्षा ३ र ४ को पढाइ पूरा गरिन्। उनले बेलायतमा न्युक्यासलस्थित क्राइस्ट चर्च स्कुलमा पढेकी हुन्। उनले कक्षा ५ काठमाडौंमै पढिन्।

मानुषीले कक्षा ६ र ७ भारतको नैनीतालको सेन्ट जोन्स स्कुलबाट पूरा गरिन्। कक्षा ८ देखि १० सम्म दार्जीलिङ पेदोङस्थित सेन्ट जर्जेज स्कुलबाट पूरा गरेकी मानुषीले कक्षा ११ र १२ को पढाइचाहिँ नयाँ दिल्लीस्थित नवयुग स्कुलबाट पूरा गरेकी मानुषीले स्नातक भारत र स्नातकोत्तर नेपालबाट गरेकी हुन् र जेएन युनिभर्सिटीबाट अहिले विद्यावारिधि गरिरहेकी छिन्।’ copied (सोसल मिडियामै भेटिएको)

पुनश्चः प्रश्न मानुषीप्रति हुँदै होइन, डा. बाबुराम भट्टराईप्रति हो। युद्धकालमा शिक्षक, विद्यार्थी र विद्यालयहरूलक्षित गरिएका ज्यादती त नेपाली समाजले बिर्सन सक्दैन। अझ यिनैले अरूलाई उपदेश दिएको र पानीमाथिको ओभानो बनेको पो मिलेन! यो खबर नेपाल खबरमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय