बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद राजु खनालले पार्टीका कार्यकर्ताको इच्छा विपरित जाने अधिकार कसैलाई पनि नरहेको बताएका छन् ।

दाङको घोराहीमा मंगलबार पार्टी कार्यालयमा कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले पार्टीको अधिवेशनमा पार्टीलाई समय दिने नेतालाई भोट दिन आग्रह गरेका छन् ।

उनले पार्टीलाई बचाउने नेतालाई मात्रै मतदान गर्न कार्यकर्तालाई अनुरोध गरेका छन् । उनले कांग्रेसलाई बचाउने वा समाप्त पार्ने कुरा कार्यकर्ताको हातमा रहेको बताएका छन् ।

नेता खनालले भने, ‘कांग्रेसलाई बचाउने र जनताको काम गर्ने नेतालाई जिताउनुपर्छ । पार्टीलाई बचाउने काम कार्यकर्ताको हातमा छ ।’

कम्युनिस्टहरू असफल भएपछि कांग्रेसको हातमा सरकार चाउने जिम्मेवारी आएको बताएका युवा नेता खनालले जनताले कांग्रेससँग ठूलो अपेक्षा गरेको बताएका छन् ।

नेता खनालले मन्त्रीहरूलाई जनताको पक्षमा काम गर्न सुझाव दिएका छन् । ‘मन्त्रीहरूसँग जनताको अपेक्षा छ’, उनले भने, ‘सरकारले जनताको काम गर्नुपर्छ । हामीसँग कम समय छ । जनताको विश्वास जित्नुपर्छ ।’

युवा नेता खनालले सरकार र मन्त्रीहरूको कामकारबाहीले कांग्रेसलाई बलियो बनाउने बताए ।

कार्यक्रममा दाङ कांग्रेसका सभापति कीर्तिबहादुर खड्का, लुम्बिनी प्रदेशका मन्त्री अर्जुन श्रेष्ठ, राज्यमन्त्री रिना नेपाल, कपिलवस्तुका सभापति सुरेन्द्र आचार्य, रोल्पाका सभापति अमरसिंह पुन, नेता गोविन्द पोखरेल, प्रदेश सांसद शंकर गिरीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले लुम्बिनी प्रदेशको सभापतिमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । उनले आफूले नेता रामचन्द्र पौडेल समूहको तर्फबाट सभापतिमा उम्मेदवारी दिने बताएका छन् । यो खबर रिपव्लीक दैनिक बाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय