नेपाली राजनिती,
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई माओवादीबाट टुक्रिएर आएका नेताहरु नै प्यारा लाग्दै गएका छन्।
आफ्नाले धो’का दिएको निष्कर्षसहित ओलीले माओवादीका पूर्व नेताहरुप्रति विश्वास भएको बताउन थालेका हुन् ।
उनको व्यवहारले पनि माआवादी छाडेर एमाले मै रहेकाहरुलाई विश्वास गरिरहेका छन। यसबाट एमाले भित्रको सदाबहार पक्षलाई भने चिन्तामा पारेको छ ।
किनकि ओलीले माओवादी छाडेकालाई निकै नै च्यापे’का छन् । यसअघि पनि उनले आफू प्रधानमन्त्री हुँदाको अन्तिम चार पाँच महिनाको कार्यकालमा माओवादीका नेताहरुलाई विधिको विधान नै मि’चेर च्या’पेका थिए ।
धेरै त्यस्ता नेताहरुलाई मन्त्री बनाइदिएका थिए जो सांसद नै थिएनन् । अहिले पनि ओलीले त्यसै गरेका छन् । आगामी मंसिरमा पार्टीको दशौं महाधिवेशन हुँदै गर्दा ओलीले माओवादी छाडेर आफूलाई साथ दिने नेताहरुको गुणगान गाउँदै आकर्षिक गरिरहेका छन् । यही कारणले माधवकुमार नेपाललाई धो’का दिएर ओली नेताहरुलाई थप पी’डा हुने देखिएको छ ।
ओलीले माओवादी छाडेर आएका प्रभु साहलाई पनि विश्वाससहित भित्र्याए । साहले एमालेको प्रथम विधान महाधिवेशन बहिष्कार गरेका थिए । तर उनको असन्तुष्टि ओलीले सम्बोधन गरेपछि गत शुक्रबार कन्द्रीय कमिटीको बैठकमा पनि उपस्थितै भएर ।
त्यसपछि त साहले ‘बाँचुन्जेल ओलीलाई साथ दिने’ घोषणा गरेर । एमालेको भरतपुर महानगर अधिवेशनलाई सम्बोधन गर्दै उनले ‘ओली अगाडि बढ्नुपर्छ बढ्नुहुन्छ। उहाँ जिउँदो हुँदासम्म निःस्वार्थ साथ दिनेछु, देशको सपना पूरा गर्न सबैले साथ दिनुपर्छ।’ ओलीप्रति नतमस्तक भएका माओवादीबाट आएका रामबहादुर थापा बादल त अहिले एमालेको खम्बा भएका छन् ।
उनी महाधिवेशनको आयाजक समितिको संयोजक नै हुन्। बादलले खुलेरै ओलीको प्रशंसा गर्ने गरेका छन् । एमालेमै केही असन्तुष्ट नेताहरूले ओलीको कार्यशैली र अभिव्यक्तिमाथि प्रश्न उठाइरहेका बेला बादलले उनलाई ‘निर्विकल्प नेता’ का रूपमा चित्रण गरेका छन् । त्यसैले त ओलीलाई पार्टी उपाध्यक्षका रुपमा अगाडि सार्दैछन् ।
जुन किसिमको आयोजनाको जिम्मा चितवनमा गर्ने गरी बादलले जिम्मा लिए त्यसले गर्दा अन्य एमालेका नेताहरु पनि बादललाई जिताउन वाध्य हुने बुझिन्छ ।
ओली पनि बादलको प्रशंसा गर्छन्। आफ्नो दलका नेताहरुले धोको दिएका बेलामासमेत बादलले आफूलाई साथ दिएको उनी कहिल्यै भुल्न चाहँदैनन् । त्यस्तै ओलीले सुदूरपश्चिम इन्चार्ज बनाएका माआवादीबाट आएका नेता लेखराज भट्टलाइ पनि च्यापेका छन्। उनले यसै महिना आफनो गृह जिल्ला झापा लिएर गए। भट्टले पनि ओलीको प्रशंसा गरे।
उनले ओलीजस्तो नेता भेटाइदिएको भन्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद दिएर। माओवादीबाट आएका टोपबहादुर रायमाझीसमेत ओलीको प्रशंसा गर्न चुक्दैनन् । उनी ओलीको विकल्प छैन भन्छन्। ओली जत्तिको राष्ट्रवादी नेता कोहीे पनि नभएका भन्दै चाप्लुसी गर्छन् । र, माआवादीबाट आएका हरेक नेताहरु ओलीको गणगान गाउँछन्।
उनीहरु ओलीसँग उत्तिकैै डराउँछन् पनि । किनकि जसले माधवकुमार नेपाल र झलनाथ खनालजस्ता नेताहरुको अपमान गरेर अर्को पार्टी खोल्न वाध्य पार्यो त्यस्ता नेतालाई चिढाउन हिम्मत पनि चाहियो नि। तर दुःखको कुरा उपाध्यक्ष भीम रावलजस्ता नेताहरुको हैसियत अब के हुन्छ भन्ने प्रश्न उठेको छ ।
नेपाललाई धोका दिएर ओलीतिर अड्किएका नेताहरुले निकै नै कष्टका दिन बेहोर्नुपर्ने अवस्था आउँदैछ भनी आकलन भइरहेको छ। ओलीको समर्थन गरे केही न केही पद त पाइएला भनी योगेश भट्टराईहरुले नयाँ रणनीति लिएकोसमेत अनुमान भइरहेको छ। जनभावना साप्ताहिकबाट