बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

काठमाडौं । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले चितवनबाट अब नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल पराजित हुने दाबी गरेका छन् ।

आज राति प्राइम टिभीबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता बस्नेतले यस्तो बताएका हुन् ।

नेता बस्नेतले चितवनमा प्रचण्ड अब उनको निर्वाचन क्षेत्रमा चौथो नम्बरमा रहेको आँकलन सुनाए । उनले विक्रम पाण्डे एमालेमा प्रवेश गर्ने तयारी रहेको पनि जानकारी दिए । उनले पाण्डे एमालेमा आए प्रचण्ड समानुपातिकमा बस्ने पनि टिप्पणी गरे।

उनले पाण्डे एमालेमा प्रवेश गर्ने तयारी भैरहेको सुनाए । उनले कांग्रेसले अब प्रचण्डलाई सहयोग गर्यो भनेपनि चुनाव नजित्ने दाबी गरे । अब कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई भोट हाल्न निर्देशन दिएपनि अब चितवनका कांग्रेसीहरुले प्रचण्डलाई भोट नहाल्ने उनको टिप्पणी छ ।

बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई च्याँखे थाप्न सिपालु नेताको संज्ञा दिएका छन् । उनले प्रचण्डको हालत नाजुक भएको बताए । उनले प्रचण्डको अदालतको सेटिङ र एमसीसीको बैशाखी पनि टुटेको बताए ।

उनले प्रचण्ड र माधव नेपालको नेपाली राजनीतिमा भविष्य नै सिद्दिएको दाबी गरे । उनले आफूहरु निर्वाचनको विधिबाट सबै समस्याको समाधान गर्नतर्फ आफूहरुको चाहना रहेको सुनाए । उनले जुन दिन मुलुकमा निर्वाचन हुन्छ, त्यही दिन माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी समाप्त हुने सनसनीपूर्ण दाबी गरे ।

उनले प्रचण्डहरु कम्युनिष्ट पार्टीको झण्डा ओढ्दै कम्युनिष्ट आन्दोलन समाप्त पार्ने भनेर लागिरहेको सुनाए । उनले प्रचण्ड र माधव नेपाललाई हरियो घाँसभित्र लुकेका हरियो सर्पको संज्ञा पनि दिए ।

उनले नेपालको राजनीतिमा केपी ओलीको टावरिङ पर्सानालिटी भएको पनि सुनाए । अहिले ओलीको चर्चा चीन, भारतलगायतका शक्तिशाली देशमा पनि हुन थालेको उनको भनाई छ ।

उनले ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही हुन्छ भनिएपछि अदालतमा अनेक खालको चलखेल सुरु भएको पनि आरोप लगाए ।

प्रधानमन्त्री शेरबहादुर देउवा बेलैमा सचेत नभए प्रचण्डले भित्तैमा न्याँकेर पुर्याउने भन्दै सेचत हुन आग्रह गरे । उनले अब नेकपा (एकीकृत समाजवादी) का धेरै नेता तथा कार्यकर्ताहरु अब एमालेमा फर्कने चरण सुरु हुने पनि दाबी गरे । निर्वाचनको मिति घोषणा भएसँगै माधव नेपालका नेता तथा कार्यकर्ताहरु आफूहरुसँग आउने उनको भनाई थियो ।

प्रचण्ड त च्याँखे थाप्न सिपालु नै हो

नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाललाई च्याँखे थाप्न सिपालु नेताको संज्ञा दिएका छन् । उनले प्रचण्डको हालत नाजुक भएको बताए ।

अहिले राति प्राइम टिभीबाट प्रसारण भैरहेको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले प्रचण्डको अदालतको सेटिङ र एमसीसीको बैशाखी पनि टुटेको बताए ।

उनले प्रचण्ड र माधव नेपालको नेपाली राजनीतिमा भविष्य नै सिद्दिएको दाबी गरे । उनले आफूहरु निर्वाचनको विधिबाट सबै समस्याको समाधान गर्नतर्फ आफूहरुको चाहना रहेको सुनाए । उनले जुन दिन मुलुकमा निर्वाचन हुन्छ, त्यही दिन माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी समाप्त हुने सनसनीपूर्ण दाबी गरे ।

उनले प्रचण्डहरु कम्युनिष्ट पार्टीको झण्डा ओढ्दै कम्युनिष्ट आन्दोलन समाप्त पार्ने भनेर लागिरहेको सुनाए । उनले प्रचण्ड र माधव नेपाललाई हरियो घाँसभित्र लुकेका हरियो सर्पको संज्ञा पनि दिए ।

उनले नेपालको राजनीतिमा केपी ओलीको टावरिङ पर्सानालिटी भएको पनि सुनाए । अहिले ओलीको चर्चा चीन, भारतलगायतका शक्तिशाली देशमा पनि हुन थालेको उनको भनाई छ ।

उनले ललिता निवास प्रकरणमा माधव नेपाल र बाबुराम भट्टराईलाई कारबाही हुन्छ भनिएपछि अदालतमा अनेक खालको चलखेल सुरु भएको पनि आरोप लगाए ।

प्रधानमन्त्री शेरबहादुर देउवा बेलैमा सचेत नभए प्रचण्डले भित्तैमा न्याँकेर पुर्याउने भन्दै सेचत हुन आग्रह गरे । उनले अब नेकपा (एकीकृत समाजवादी) का धेरै नेता तथा कार्यकर्ताहरु अब एमालेमा फर्कने चरण सुरु हुने पनि दाबी गरे । निर्वाचनको मिति घोषणा भएसँगै माधव नेपालका नेता तथा कार्यकर्ताहरु आफूहरुसँग आउने उनको भनाई थियो । यो खबर दैनिक न्युज नेपालमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय