नेपाली राजनिती,

चितवन । नेकपा एमालेका स्थायी कमिटी सदस्य प्रभु साहले अध्यक्ष केपी शर्मा ओली बाँचुञ्जेल आफूले साथ दिने बताएका छन् ।

एमालेको भरतपुर महानगर कमिटीको अधिवेशनको सोमबार आयोजित उद्घाटन कार्यक्रममा उनले ओलीले मात्रै नेपालको कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्न सक्ने भएकोले आफूले साथ दिने बताए ।

ओलीसँगै काठमाडौंबाट स्थलमार्ग हुँदै चितवन आएका नेता साहले प्रदेश २ मा एमालेलाई पहिलो राजनीतिक शक्ति बनाउने दावी गरे ।

गत निर्वाचनमा एमालेले प्रदेश २ मा सोचेजस्तो नतिजा नल्याएको भन्दै साहले आगामी निर्वाचनमा त्यसको क्षतिपूर्तिसहित निर्वाचन जित्ने बताए । नेता साहले मधेसमा एमालेको पक्षमा लहर आएको पनि दावी गरे । यो खबर अनलाइन खबरमा छ यता , नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कोहीले चाहँदैमा एमालेलाई सिध्याउन नसक्ने बताएका छन् ।

बिहीबार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले कुनै एक व्यक्तिले चाहँदैमा एमाले सिध्याउन नसक्ने बताएका हुन् ।उनले नेपाली कांग्रेसका नेता गगनकुमार थापालाई लक्षित गर्दै भ्याकुम लगाएर एमाले सक्ने सपना नदेख्न चुनौती दिए ।

कांग्रेस नेता थापाले केही दिनअघि आगामी चुनावमा भक्तपुरबाट एमाले ‘क्लिन स्विप’ गर्ने कुराको उत्तर दिँदै अध्यक्ष ओलीले कांग्रेस कहाँ पुग्यो भन्ने कुराको विचार गर्न आग्रह गरे ।

उनले भने, ‘एकजना बाबुले भ्याकुम लिएर भक्तपुरतिर आउने र भ्याकुम क्लिनरबाट एमाले सिध्याउने कुरा गरेछन्, भ्याकुम क्लिनर ल्याएर एमाले सक्ने रे, विचरा !

एमाले सिध्याउने भ्याकुम क्लिनर रे, सिंगो कांग्रेस कहाँ गयो, भ्याकुम क्लिनर रे एमाले सिध्याउने सपना तिनीहरुका, म त्यसमा अरु केही भन्न चाहन्न ।’ फाइल तस्बिर कान्तिपुर बाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय