नेपाली राजनिती,
नेपाली काग्रेसका सहमहामन्त्री प्रकाश शरण महतले एमसी’सीका बारेमा सक्दो प्र’चार प्र’सार गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।
एम’सीसी एक’दमै राम्रो प्रोजेक्ट भएका कारण कोहि पनी बोल्न नडाउँ’नु नपर्ने भन्दै महतले आफ्ना कार्यकर्तालाई निर्धक्कका साथ एमसीसीको प्र’चार प्र’सार गर्न निर्देशन दिएका छन् ।
कुरा नबुझेकाहरुले मात्रै वि’रोध गरिरहेको आ’रोप पनि उनले लगाएका छन् ।
विर्तामोड स्थित कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले एम’सीसीका विषयमा कांग्रेसका नेता र कार्यकर्ता पनि बो’ल्न ड’राउने गरेको उल्लेख गरे ।
भारत, चीन, कोरिया, जापान, युरोपियन युनियनलगायतबाट नेपाललाई वर्षेनी अनुदान र ऋणमा आधारित सहयोग प्राप्त हुने गरेको उल्लेख गर्दै सहमहामन्त्री महतले अमेरिकाले दिने सहयोगमा फरक मापद’ण्ड र नीति अख्ति’यार गर्न नहुने बताए । सबै मित्रराष्ट्रसँगको परराष्ट्र नीति समान हुनुपर्नेमा उनको जोड थियो ।
ए’मसीसी’मार्फत अमेरिकाले दिने सहयोग ऋण नभएर अनुदान भएको उनले स्पष्ट पारे । विद्युतीय ट्रान्समिसन लाइन, सडक जस्ता महत्वपूर्ण पूर्वाधार निर्माणमा आउने सहयोग नेपालले स्वीकार गर्नुपर्ने नेता महतको धारणा थियो ।
विदेशी सेना आउने, विदेशको का’नून लागू हुने, सार्वभौमसत्ता सङ्कटमा पर्ने ज’स्ता गलत र हुँदै नभएका हल्ला चलाइएकाले एमसिसीबारे जनतालाई सत्य कुरा सुनाउन नेताहरुले आँट गर्नुपर्ने उनको भनाइ थियो ।
नेता महतले भारतीय जनता पार्टीको निमन्त्रणामा हालै भारत भ्रमणमा जाँदा सीमा समस्या र तुइन समस्याको समाधानका बारेमा खुलस्त रुपमा छलफल भएको जानकारी दिए ।
केपी ओली नेतृत्वको सरकारका पालामा भारतसँगका सम्झौताका विषयमा प्रष्ट कुरा र अडान राख्न नसकेको उनले आ’रोप लगाए । यो खबर अोटिभी नेपालबाट साभार गरियको हो ।
ओलीले सडक, मिडिया र जनतातिर फर्केर चर्को राष्ट्रवादी कुरा राखेर भ्रम छरेको डा महतको भनाइ थियो । सर्वोच्च अदालतमा भइरहेको विवादका विषयमा उनले स्वतन्त्र न्यायालय समस्या समाधानका लागि असफल भएमा व्यवस्थापिकाको हस्तक्षेप स्वाभाविकरुपमा निम्तिने बताए ।
उनले भने, “राज्यका सबै अङ्ग स्वतन्त्र छन्, एउटाले आफ्नो समस्या समाधान गर्न सकेन र राज्य व्यवस्थामै अप्ठ्यारो अवस्था सिर्जना भएमा अर्को अङ्गको हस्तक्षेप अपरिहार्य हुन्छ ।”