नेपाली राजनिती,

नेपाली कांग्रेसका पूर्वसभापति नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

गौरीशंकर गाउँपालिका वडा नम्बर ९ का कांग्रेसका पुर्वसभापति सञ्जु गुरुङ आज नेकपा एमालेमा प्रवेश गर्नुभएको हो ।

एमालेले बिगु गाउँपालिका र कालिञ्चोक गाउँपालिकाको पालिका अधिवेशनको क्रममा आज सिंगटी बजारमा आयोजना गरेको संयुक्त उदघाटन समारोहमा पूर्वअध्यक्ष गुरुङ कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गर्नुभएको हो ।

गौरीशंकर ९ का वडाध्यक्ष एवं एमाले नेता छिरिङ शेर्पाका अनुसार कांग्रेसका पूर्वसभापति गुरुङ आफ्नो सम्पुर्ण टीमसहित आजबाट एमालेमा प्रवेश गर्नुभएको हो । कार्यक्रममा गुरुङसहित सयौं कांग्रेस र माओवादीका स्थानीय लोकप्रिय नेताहरु एमाले प्रवेश गरेका छन ।

नवप्रवेसीहरुलाई कार्यक्रमका प्रमुख अतिथि एमाले स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, एमाले बागमति अध्यक्ष एवं पूर्वमन्त्री आनन्दप्रसाद पोखरेल, एमाले दोलखाका इञ्चार्जसमेत रहनुभएका पूर्वसञ्चारमन्त्री पार्वत गुरुङ, दोलखाका चर्चित एवं पुराना नेता जीतबीर लामा, एमाले दोलखाका अध्यक्ष इश्वरचन्द्र

पोखरेललगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभएको छ ।एमाले प्रवेश गर्दै गुरुङले देशको बिकाश र जनताको समस्या समाधानमा एमाले मात्रै रहेको निश्कर्षका साथ आफू कांग्रेस त्यागेर एमालेमा समाहित भएको बताउनु भयो । साभार कास्कि मिडिया

यो पनि पढ्नुहोश:राजीनामा मागकोबीच प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले इजालस तोक्नुभएको छ ।वकिलहरुको आन्दोलनकाबीच प्रधानन्यायाधीश जबराले आइतबार १२ इजालस तोक्नुभएको हो। जसमा ४ वटा उहाँ आफूसहितको एकल इजालस रहेका छन् । उक्त इजालसमा २४८ थान मुद्दा सुनुवाइका लागि पेश भएको बताइएको छ ।

प्रधानन्यायाधीशले इजालस तोकेपनि बस्ने नबस्नेबार निर्क्यौल भएको छैन । बार संम्बद्ध वकिलहरु प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलन गरिरहेका छन् । त्यस्तै सर्वोच्चकै अधिक न्यायाधीशहरु पनि प्रधानन्यायाधीको बिपक्षमा उभिएका छन् ।मन्त्रिपरिषदमा भाग खोजेको विषयमा प्रधानन्याधीशले चित्तबुझ्दो जवाफ नदिएको भन्दै उनीहरुले राजीनामा माग गरेका छन् । वकिल र न्यायाधीशहरुको आन्दोलनले इजालस नै प्रभावित भएको छ । साभार कास्की मिडिया

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय