बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

नेकपा एमालेका युवा नेता महेश बस्नेतले आगामी निर्वाचनमा ‘सिङ्गल–सिङ्गल’भिड्न नेपाली काँग्रेसलाई चुनौती दिएका छन् ।

केन्द्रीय सदस्य रहेका बस्नेतले सोमबार प्रेस चौतारी नेपालले वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा हिम्मत भए गठबन्धन नगरी एक्लाएक्लै चुनाव लड्न चुनौती दिएका हुन्।

उनले जनताको ताजा जनादेश पाउनका लागि निर्वाचनमा जानुबाहेक विकल्प नरहेको पनि बताए। काँग्रेस फेरि गठबन्धन बनाउने र एमालेलाई हराउने ‘डिजाइन’को साथमा आए ‘हरिविजोग’का साथ हार बेहोर्ने उनको भनाइ छ।

बस्नेतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै । केपी ओलीले देखाएको बाटो हिँड्न नसकेकै कारण समस्या भएको बताए। प्रचण्डले दुई वर्ष कुर्न सकेको भए उहाँ झण्डै दुई तिहाई जनमत होल्ड गर्न सक्ने प्रधानमन्त्री बन्न सक्नुहुन्थ्यो,’

उनले भने, ‘तर, उहाँले विभिन्न रणनीति खेलेर भुइँमा पछार्ने काम गर्नुभयो।’ उनले अहिलेको गठबन्धनको सरकार जति लम्बिँदै गयो, केपी ओली र एमाले उतिनै ‘हाईलाईट’ हुने दाबीसमेत गरे।

यस्तै नेकपा (एमाले)का स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले कुनै पार्टी वा व्यक्ति विशेषलाई टार्गेट गरेर आफ्नो पार्टीको १०औं राष्ट्रिय महाधिवेशन चितवनमा आयोजना गर्न लागिएको भन्ने आरोपमा सत्यता नभएको बताएका छन् ।

सोमबार बिहान भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै नेता पाण्डेले यस्तो बताएका हुन् । यसअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई टार्गेट गरेर चितवनमा

खासगरी आफ्नो क्षेत्रमा एमालेले महाधिवेशन गर्न लागेको भन्ने अभिव्यक्ति दिएका थिए ।दाहालको यस्तो अभिव्यक्ति आएपछि नेता पाण्डेले यस्तो खण्डन गरेका हुन् । एमालेले बुटवलमा गर्ने भनिएको महाधिवेशन अन्तिम समयमा चितवनमा सारिएको हो ।

महाधिवेशन आगामी मङ्सिर १० देखि १२ गतेसम्म हुँदै छ । उनले भने,‘‘विधान महाधिवेशनमै हामीले चितवनमा गर्नेबारे छलफल गरेका थियौं ।

तर ठाउँको उपलब्धताको ग्यारेन्टी नभएको हुनाले निश्चित गर्न सकिएन । त्यतिबेला अध्यक्षले बुटवल घोषणा गर्दा पनि अन्य सम्भावना कायमै रहने भन्नुभएको थियो, पछि सबै कोणबाट छलफल गर्दा चितवन नै पायक पर्ने देखियो । कुनै पार्टी वा व्यक्तिलाई टार्गेट गरेर आएको हाइन । उहाँहरुको मन डराएको हो, डराएको मनको अभिव्यक्ति हो ।’

यस्तै पाण्डेले महाधिवेशनमा गण्डकीबाट ५० हजार, लुम्बिनीबाट ७५ हजार, वाग्मतीबाट दुई लाख ५० हजार, प्रदेश नं १ बाट २५ हजार सहभागी हुने अनुमान गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “हरेक जिल्लाबाट धेरै जनता सहभागी गराउने तयारी छ ।” उद्घाटनसत्र हुने नारायणी नदी किनारमा रहेका खाल्डाखुल्डी पुरेर व्यवस्थापन गर्न लागिएको उहाँको भनाइ थियो ।

उद्घाटन सत्रपछि बन्द सत्र सौराहामा गरिने जानकारी दिनुभयो । सौराहामा करिब तीन हजार ५०० जनालाई बस्ने व्यवस्था मिलाइने उहाँको भनाइ छ ।

आजै महाधिवेशन मूलसमितिको सम्पर्क कार्यालय एमाले चितवनको पार्टी कार्यालयमा स्थापना गरी महाधिवेशन तयारी तीव्र पारिने उहाँले जानकारी दिनुभयो ।

उहाँले यसपालिको महाधिवेशन सहमतिमा हुने र केही पदमा मात्रै चुनाव हुनसक्ने बताउनुभयो । महाधिवेशमा दुई हजार प्रतिनिधि सहभागी हुँदैछन् । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय