नेपाली राजनिती,

प्रदेश १ को एकमात्र पाँचतारे होटल मेची क्राउनले पर्यटकीय र आन्तरिक आतिथ्यमा गति लिएको छ ।

मुख्यगरी भारत र नेपालको पनि आन्तरिक पर्यटनलाई लक्षित गरी गत बर्षबाट सञ्चालनमा आएको मेची क्राउनमा राजा ज्ञानेन्द्र शाहको परिवारदेखि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसम्म पुगिसकेका छन्।

पूर्वराजा ज्ञानेन्द्र दम्पत्तीसहित परिवारका सदस्यले गत बर्ष पूर्वरानी कोमल शाहको जन्म दिन सोही होटलमा मनाएका थिए।

हरेक बर्षको हिउँदमा झापामा समय बिताउन पुगेका बेला पूर्वराजपरिवार होटल मेची क्राउनमा पुगेका थिए। यसैगरी गृहजिल्ला झापा पुगेका एमाले अध्यक्ष ओली पनि सोमबार उक्त होटलमा पुगेका थिए।

ओलीसँगै एमालेका स्थानीय नेतालगायत केन्द्रीय नेताले होटलको भ्रमण गरेका थिए। पूर्वराजा ज्ञानेन्द्र जुन कुर्सीमा बसेका थिए सोही कुर्सीमा बसेर ओलीले होटल व्यवस्थापनको तारिफ गरेका छन्। उनले झापा जिल्लामा सुविधासम्पन्न होटलले पर्यटन प्रबद्र्धनमा मद्दत गर्ने बताए।

‘देशका नाम चलेका र मुर्धन्य व्यक्तित्वको आगमन र अनुगमनले आन्तरिक पर्यटन बढ्छ भन्ने आशा लिएका छौं’, होटल व्यवस्थापनले भनेको छ,‘हामी बाह्य पर्यटनको सुविधाका लागि पनि तयार भैसकेका छौं।

साथमा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीबाट छुटेर आर्कै पार्टी गठन गरेका माधवकुमार नेपाल कुदेको देख्दा माया लागेको टिप्पणी गरेका छन् ।

शनिबार सिन्धुपाल्चोक–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपाल एमाले सिध्याउँछु भन्दै हातमा टोपी लिएर कुदिरहेको बताएका हुन् ।

‘विचरा माधव नेपाल कुदेको देख्दा माया लाग्छ । कहिले पोखरा, कहिला कता हातमा टोपी लिएर कुदेको देख्दा माया लाग्छ । किन कुदेको थाहा छ रु एमाले मार्न, पार्टीको नाम समाजवादी राख्छन् । समाजवादतिर जान लाग्यो भनेर अरुको पार्टी मास्न लाग्छन्,’ अध्यक्ष ओलीले भने ।

त्यसैगरी अध्यक्ष ओलीले कांग्रेस २००७ सालदेखि नै देश भडुवा पार्टी भएको टिप्पणी गरेका छन् । अर्काको पार्टी भत्काउनेलाई कांग्रेसले बोक्ने गरेको ओलीले आरोप लगाएका छन् ।

‘कांग्रेसले सकेन, राजतन्त्रले सकेन, सबै सिद्याएर आएको पार्टीलाई मास्न कुदेका छन् । पार्टी छोडेपछि त चुप लागेर घर बस्नु नी,’ ओलीले भने ।

त्यसैगरी फुटेर गएको माधव नेपाल नेतृत्वको पार्टीको नाम एकीकृत राख्नु आफैंमा हाँस्यास्पद रहेको ओलीले बताएका छन् । त्यस्तै एमालेको विरोध गर्नेहरु राष्ट्रियता र देश विरोधी भएको ओलीले बताएका छन् । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय