नेपाली राजनिती,

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनको अयोध्यापुरी पुगेर राम-सीता मन्दिरमा पूजा अर्चना गरेका छन् ।

१० औं महाधिवेशनस्थलको निरीक्षण गर्न पुगेका ओलीले अयोध्यापुरीमा बनेको राम-सीताको मन्दिर पुगेर पूजा गरेका हुन् ।

अध्यक्ष ओलीले महाधिवेशन उद्घाटन सत्र हुने नारायणी नदी किनार र बन्द सत्र हुने सौराहाका सम्भावित ठाउँको निरीक्षण गर्न उनी चितवन पुगेका हुन् ।

ओलीले प्रधानमन्त्री हुँदा माडीको अयोध्यापुरी भगवान रामको जन्मभूमि भएको दाबी गर्दै यस स्थानमा अयोध्याधाम निर्माण गर्ने घोषणा गरेका थिए । आफ्नै अग्रसरतामा राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति तयार पारेर पठाए पनि ओली यहाँ आइपुगेका थिएनन् ।

गत वैशाख ८ गते यहाँ निर्माण भएको मन्दिरमा ती मूर्ति स्थापना गरिएको थियो । यो खबर साभार गरियको हो । यस्तै यता नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्यसहित हलेसी तुवाचुङका सवै नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एवम् हलेसी तुवाचुङ नगरपालिकाका सचीव कुमार बुढाथोकीको नेतृत्वमा सो नगरपालिकामा रहेका २४ जना माओवादी नेता कार्यकर्ता आज(मंगलबार) एमालेमा प्रवेश गरेका हुन् ।

समृद्ध नेपाल सुखी नेपालीको अवधारणासहित अघि बढेको नेकपाको निरन्तरता नेकपा एमाले नै रहेको भन्दै २४ जना नेताहरुले विज्ञप्ती जारी गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

विज्ञप्तीमा जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै आफूहरु एमालेमा समाहित भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ ।

उहाँहरुले एमालेले मात्रै मुलुकको हित गर्ने कुरा थापित भइ सकेकोले नेकपा माओवादीमा बसेर आफ्नो र मुुलुकको भविष्य वर्वाद बनाउने गल्ती नगर्न सबैलाई अपिल समेत गरिएको छ । पाथिभरा न्युजबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय