शुक्रबार , चैत्र १६, २०८०

खोटाङ, १६ कातिक ।

नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्यसहित हलेसी तुवाचुङका सवै नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य एवम् हलेसी तुवाचुङ नगरपालिकाका सचीव कुमार बुढाथोकीको नेतृत्वमा सो नगरपालिकामा रहेका २४ जना माओवादी नेता कार्यकर्ता आज(मंगलबार) एमालेमा प्रवेश गरेका हुन् ।

समृद्ध नेपाल सुखी नेपालीको अवधारणासहित अघि बढेको नेकपाको निरन्तरता नेकपा एमाले नै रहेको भन्दै २४ जना नेताहरुले विज्ञप्ती जारी गरी एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् ।

विज्ञप्तीमा जनताको बहुदलीय जनवादलाई आत्मसाथ गर्दै आफूहरु एमालेमा समाहित भएको उल्लेख गरिएको छ । विज्ञप्तीमा भनिएको छ ।

उहाँहरुले एमालेले मात्रै मुलुकको हित गर्ने कुरा थापित भइ सकेकोले नेकपा माओवादीमा बसेर आफ्नो र मुुलुकको भविष्य वर्वाद बनाउने गल्ती नगर्न सबैलाई अपिल समेत गरिएको छ । पाथिभरा न्युजबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय