बिहिबार , बैसाख ६, २०८१

पुरा खबर,

डोटीमा हाई भोल्टेजका कारण क’रेन्ट ला’गेर एक जनाको मृ’त्यु भएको छ भने एक जना घा’इते भएका छन् ।

जिल्लाको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको मृ’त्यु भएको हो ।

सोही नगरपालिकाको ११ वडा मल्लीसात स्थित माइती घर गएकी रोस्याराको मोवाइल चार्ज गर्ने क्रममा करे’न्ट लागेर मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले जानकारी दिए ।

शुक्रबार दिउँसो करेन्ट लागेर घा’इते भएकी उनको उप’चारका क्रममा शैलेश्वरी अस्प’तालमा मृ’त्यु भएको प्रहरी निरीक्षक चन्दले बताए । मृ’त’कको शव पो’ष्ट’मा’र्टमका लागि जिल्ला अस्पता’लमा लगिएको छ ।

यस्तै, करेन्ट लागेर सोही वडाका एक जना सोही समयमा घाइ’ते भएका छन् । शिखर नगरपालिका–११ बारबाटाका शिशिर साउद घाइते भएका हुन् । उनि पनि मोवाइल चार्ज गर्ने क्रममा हाई भो’ल्टेज आई मोबाइलको तारमा आएको करेण्ट लागेर घा’इते भएका हुन् ।

घा’इते साउदको राजपुर स्थित सुजङ्ग अस्पतालमा उपचार भैरहेको छ । घाइतेको अवस्था खतरामुक्त रहेको अस्प’तालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी दिए । असोज ३१ गते देखि कार्तीक ३ गते सम्म निरन्तर आएको वर्षा, बा’ढी र पहि’रोका कारण विद्युत सेवा अवरु’द्ध भयो । दुई साता सम्म सो क्षेत्रमा अवरुद्ध रहेको विद्युत सेवा शुक्रबार मात्रै सुचारु भएको थियो । साभार खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय