बुधबार , भाद्र १, २०७९

हेर्नुस भिडियो,

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

काठमाडौं । सर्वसाधारण लगानीकर्ताको लागि ६ लघुवित्त कम्पनीले आईपीओ निष्कासन गर्ने भएका छन् ।

आर्दश लघुवित्त, सीवाईसी नेपाल लघुवित्त, नेष्डो समृद्ध लघुवित्त, उपकार लघुवित्त, राष्ट्र उत्थान लघुवित्त र जाल्पा लघुवित्तले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछन् ।

नेपाल धितोपत्र बोर्डले स्वीकृती दिएपश्चात यी ६ लघुवित्तले आईपीओ निष्कासन गर्नेछन् ।

आर्दश लघुवित्तले ६० लाख बराबरको ६० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओको बिक्री प्रबन्धकमा बीओके क्यापिटललाई नियुक्त गरेको छ ।

सीवाईसी नेपाल लघुवित्तले ३ करोड ९५ लाख रुपैयाँ बराबरको ३ लाख ९५ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

नेष्डो समृद्ध लघुवित्तले ८ करोड २८ लाख रुपैयाँ बराबरको ८ लाख २८ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ ।

उपकार लघुवित्तले २ करोड ६६ लाख २ लाख ६६ हजार कित्ता आईपीओ निष्कासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई क्यापीटललाई नियुक्त गरेको छ ।

राष्ट्र उत्थान लघुवित्तले ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ नियकासन गर्नेछ । उक्त आईपीओ बिक्री प्रबन्धकमा नेपाल एनआईबीएल एस क्यापीटललाई नियुक्त गरेको छ ।

जाल्पा लघुवित्तले ५ करोड २२ लाख रुपैयाँ बराबरको ५ लाख २२ हजार कित्ता आईपीओ निष्कासन गर्ने भएको छ । उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापीटल रहेको छ नियुक्त गरेको छ । खबर सेन्टरबाट काठमाडौं । म्याग्नाइट सब फोर मिटर एसयूभी निसानको लागि नेपालमा गेमचेन्जर बनेको छ ।

पायोनियर मोटोकर्पले विक्री गर्दै आएको म्याग्नाइट अहिले धेरै विक्री हुने सब फोर मिटर एसयूभी बनिसकेको छ ।यो साधारण कमाई भएका मानिसले समेत चढ्न सक्ने लग्जरी कारको रुपमा बजारमा आएको छ ।

डिजाइन, फिचर र मूल्यको कारण धेरै ग्राहकको रोजाईमा पर्न सफल म्याग्नाइट कै कारण निसान र डाट्सन ब्राण्डको विक्रेतालाई ठूलो राहत भएको छ भन्दा फरक पर्दैन ।

निसानले पनि भारतमा उत्पादन गरेको म्याग्नाइटलाई चुनौतीको रुपमा लिएको थियो । कम्तीमा मासिक ४ हजार यूनिट म्याग्नाइट विक्री हुनसके मात्र भारतीय बजारमा निसान रहने विभिन्न रिपोर्टहरुले उल्लेख गरेको समयमा सबैभन्दा कम मूल्यमा म्याग्नाइटको विक्री सुरु गरेको थियो ।

कम्पनीको रणनीति सहि सावित भयो । अहिलेपनि भारतमा धेरै वेटिङ पिरियड भएको सब फोर मिटरमा म्याग्नाइट रहेको छ । नेपालमा पनि सुरुमा आउँदा सबैभन्दा कम मूल्यको सब फोर मिटर एसयूभी यही थियो । तर, अहिले रेनो काइगर सबैभन्दा कम मूल्यको सब फोर मिटर एसयूभी भएको छ । कम मासिक किस्तामा नै एसयूभी खोज्ने ग्राहकको चाहना पुरा हुने भएकोल नै यसको विक्री बढीरहेको हो भन्दा फरक पर्दैन ।

मूल्य र मासिक किस्ता : विभिन्न ११ भेरियन्टमा उपलब्ध म्याग्नाइट एक्सई भेरियन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ भने एक्सएल मिड भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यस्तै एक्सभी अपर भेरियन्टको मूल्य ३६ लाख ९९ हजार, एक्सभी अपर ड्यूल टोन भेरियन्टको ३७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

म्याग्नाइटको एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल टोनको मूल्य क्रमशः ४० लाख ४९ हजार र ४० लाख ९९ हजार रुपैयाँ रहेको छ । माथि उल्लेख भएका सबै भेरियन्ट १.० लिटर नेचुरल्ली एस्पिरेडेड इन्जिन भएका हुन् ।

टर्बो इन्जिन भएको एक्सएलको मूल्य ३८ लाख ९९ हजार, एक्सभी अपर मोनोको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसैगरी एक्सभी प्रिमियमको मूल्य ४४ लाख ९९ हजार र एक्सभी प्रिमियम ड्यूल टोन भेरियन्टको मूल्य ४५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

बैंक तथा वितिय संस्थाले व्याजदर बढाएकाले ग्राहकले केही बढी व्याज तिर्नु पर्ने अवस्था आएको छ । अहिले अधिकांश बैंकले ९ प्रतिशत हाराहारीमा कर्जा सुविधा उपलब्ध गराउँदै आएका छन् ।

यस्तोमा म्याग्नाइटको वेस भेरियन्ट किन्ने ग्राहकले मासिक २५ हजार हाराहारी मासिक किस्ता तिर्नु पर्छ भने टप भेरियन्ट एक्सभी प्रिमियम ड्यूल किन्ने ग्राहकले ३६ हजार हाराहारी तिर्नु पर्छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय