मंगलबार , बैसाख ४, २०८१

हेर्नुस यो खबर,

काठमाडौं । म्याग्नाइट सब फोर मिटर एसयूभी निसानको लागि नेपालमा गेमचेन्जर बनेको छ ।

पायोनियर मोटोकर्पले विक्री गर्दै आएको म्याग्नाइट अहिले धेरै विक्री हुने सब फोर मिटर एसयूभी बनिसकेको छ ।

यो साधारण कमाई भएका मानिसले समेत चढ्न सक्ने लग्जरी कारको रुपमा बजारमा आएको छ ।

डिजाइन, फिचर र मूल्यको कारण धेरै ग्राहकको रोजाईमा पर्न सफल म्याग्नाइट कै कारण निसान र डाट्सन ब्राण्डको विक्रेतालाई ठूलो राहत भएको छ भन्दा फरक पर्दैन ।

निसानले पनि भारतमा उत्पादन गरेको म्याग्नाइटलाई चुनौतीको रुपमा लिएको थियो । कम्तीमा मासिक ४ हजार यूनिट म्याग्नाइट विक्री हुनसके मात्र भारतीय बजारमा निसान रहने विभिन्न रिपोर्टहरुले उल्लेख गरेको समयमा सबैभन्दा कम मूल्यमा म्याग्नाइटको विक्री सुरु गरेको थियो ।

कम्पनीको रणनीति सहि सावित भयो । अहिलेपनि भारतमा धेरै वेटिङ पिरियड भएको सब फोर मिटरमा म्याग्नाइट रहेको छ । नेपालमा पनि सुरुमा आउँदा सबैभन्दा कम मूल्यको सब फोर मिटर एसयूभी यही थियो । तर, अहिले रेनो काइगर सबैभन्दा कम मूल्यको सब फोर मिटर एसयूभी भएको छ । कम मासिक किस्तामा नै एसयूभी खोज्ने ग्राहकको चाहना पुरा हुने भएकोल नै यसको विक्री बढीरहेको हो भन्दा फरक पर्दैन ।

मूल्य र मासिक किस्ता : विभिन्न ११ भेरियन्टमा उपलब्ध म्याग्नाइट एक्सई भेरियन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ भने एक्सएल मिड भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यस्तै एक्सभी अपर भेरियन्टको मूल्य ३६ लाख ९९ हजार, एक्सभी अपर ड्यूल टोन भेरियन्टको ३७ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

म्याग्नाइटको एक्सभी प्रिमियम मोनो र एक्सभी प्रिमियम ड्यूल टोनको मूल्य क्रमशः ४० लाख ४९ हजार र ४० लाख ९९ हजार रुपैयाँ रहेको छ । माथि उल्लेख भएका सबै भेरियन्ट १.० लिटर नेचुरल्ली एस्पिरेडेड इन्जिन भएका हुन् । टर्बो इन्जिन भएको एक्सएलको मूल्य ३८ लाख ९९ हजार, एक्सभी अपर मोनोको मूल्य ४१ लाख ९९ हजार रुपैयाँ रहेको छ । त्यसैगरी एक्सभी प्रिमियमको मूल्य ४४ लाख ९९ हजार र एक्सभी प्रिमियम ड्यूल टोन भेरियन्टको मूल्य ४५ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

बैंक तथा वितिय संस्थाले व्याजदर बढाएकाले ग्राहकले केही बढी व्याज तिर्नु पर्ने अवस्था आएको छ । अहिले अधिकांश बैंकले ९ प्रतिशत हाराहारीमा कर्जा सुविधा उपलब्ध गराउँदै आएका छन् ।

यस्तोमा म्याग्नाइटको वेस भेरियन्ट किन्ने ग्राहकले मासिक २५ हजार हाराहारी मासिक किस्ता तिर्नु पर्छ भने टप भेरियन्ट एक्सभी प्रिमियम ड्यूल किन्ने ग्राहकले ३६ हजार हाराहारी तिर्नु पर्छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय