शुक्रबार , बैसाख ७, २०८१

पुरा खबर,

नेपाली राष्ट्रिय फुटबलको मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी अहिले नेपाली फुटबल प्रेमी सबैका मन–मनमा बसेका एक प्रशिक्षक हुन् ।

उनी कुवेतका नागरिक हुन् ।खस्किदै गरेको नेपाली फुटबल टिमलाई नयाँ दिशातिर लैजाँदै गरेका अलमुताइरी २०७८ साल चैत १८ गते बसेको अखिल नेपाल फुटबल संघ एन्फा प्राविधिक कमिटीको प्रस्तावअनुसार एन्फा सचिवालयले उन­लाई प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

उनी नेपाल साफ च्याम्पियनको ३९ प्रसिक्षक बनेका थिए । राजनीतिक र एन्फाभित्रको अस्थिरताका कारण विभिन्न विवादमा तानिएका अलमुताइरी पहिलो चरणको सम्झौता सकिएपछि उनी फेरि ३ वर्षका लागि नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बनेका छन् ।

जसका लागि उनी भर्खरै मात्र नेपाल आइसकेका छन् । विभिन्न क्लबको कोच बन्दै आएका अलमुताइरीको सम्पत्तिको कुरा गर्दा उनले महिनामा लगभग ३ हजारदेखि ५ हजारसम्म अमेरिकी डलर कमाउने गर्छन् ।

मतलब नेपाली ४ देखि ७ लाखसम्म कमाउने गर्दछन् । उनको कुल सम्पति अहिलेसम्म १ मिलियन डलर रहेको छ । उनको अहिले २ छोरा र १ छोरी रहेका छन् ।

प्रशिक्षक अलमुताइरीले नेपाललाई पहिलोपटक साफ च्याम्पियनशीपको फाइनलमा पुर्‍याएर इतिहास निर्माण गरेका छन् । माल्दिभ्समा दुई साताअघि सम्पन्न साफको फाइनलमा नेपाल भारतसँग ३–० ले पराजित भएको थियो । उपाधि जित्न नसके पनि नेपाल पहिलो पटक साफको उपविजेता बनेको छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय