शुक्रबार , चैत्र १६, २०८०

हेर्नुस यो भिडियो,

काठमाडौं। वैज्ञानिकहरुले जमिनमुनि पातालको खोजी गरेका छन् ।

वैज्ञानिकहरुले पृथ्वीको केन्द्मा नयाँ लुकेको संसार फेला पारेका छन् ।

आधा शताब्दीभन्दा धेरै समयदेखि पृथ्वीको इनर कोर ठोस भएको दावी गरिँदै आएको थियो तर नयाँ अनुसन्धानमा वैज्ञानिकहरुले यो इनर कोर थिलथिलो भएको पत्ता लगाएका छन् ।

५० वर्षभन्दा धेरै समयदेखि मानिसहरुलाई यही बताइँदै आइएको थियो कि पृथ्वीको इनर कोर फलामका अयस्कहरुको एक ठोस गोला हो । यसको बाहिर तरल आउटर कोर छ ।

तर, हालै जर्नल फिजिक्स अफ द अर्थ एण्ड प्लेनेटरी इन्टिरियर्समा प्रकाशित एक रिपोर्टका अनुसार इनर कोर पूर्ण रुपमा ठोस छैन । यो ठोस गोला कैयौं ठाउँहरुमा केही नरम देखि तरल धातुजस्तै छ ।

इङल्याण्डस्थित युनिभर्सिटी अफ ब्रिस्टलकी सिस्मोलोजिस्ट अर्थात भूकम्प विज्ञानी जेसिका इरविंगले भनिन् ‘हामी जति धेरै पृथ्वीको इनर कोरको अध्ययन गरिरहेका छौं, त्यत्तिकै नयाँ खुलासा भइरहेका छन् ।

पृथ्वीको इनर कोर कुनै बोरिङ फलामको ठोर गोला होइन । हामी पृथ्वीको केन्द्रमा एउटा पूरै संसार देखिरहेका छौं ।’ जेसिका यो अध्ययनमा सहभागी छैनन् तर उनले यो अध्ययन पढेकी छिन् ।

जेसिकाका अनुसार पृथ्वीको केन्द्र त्यतिबेलासम्म एक ठूलो रहस्य थियो जबसम्म जुल्स वर्नेले १८६४ मा जर्नी टु द सेन्टर अफ अर्थ लेखेका थिएनन् । वर्नेले लेखेका थिए कि पृथ्वीको केन्द्र खोक्रो छ ।

तर, १९५० मा वैज्ञानिकहरुले यो कुरा पाखा लगाए । वैज्ञानिकहरुले पृथ्वीको केन्द्रमा भयानक गर्मी र दबाब भएको बताए । उनीहरुले भनेका थिए कि यो गर्मी यति धेरै छ कि मानिस वा मानिसले बनाएको कुनै पनि यान यहाँ जान सक्दैन ।

जेसिका यो कुरासँग डराउँछिन् कि यदि पृथ्वीमा कुनै विनाश हुन्छ र त्यसको कारण पृथ्वीको केन्द्र हो भने वैज्ञानिक यो बताउन सक्ने छैनन् कि उनीहरुसँग आज पनि पृथ्वीको केन्द्रको निगरानी गर्ने कुनै प्रविधि छैन ।

धेरैजसो भूगर्भ विज्ञानी पृथ्वीमा उठ्ने भूकम्पीय तरंगको अध्ययन गरेर पृथ्वीको भित्रको अनुमान लगाउँछन् । यी तरंगको बहावको आधारमा पत्र–पत्रको नक्सा बनाइन्छ । जसरी कुनै मानिसको सिटी स्क्यान गरिन्छ ।

यी तरंगहरु बग्ने २ तरिका हुन्छ । पहिलो सिधा रेखामा बग्ने कम्प्रेस्ड तरंगहरु र दोस्रो लहरदार हल्का स्तरका तरंग । हरेक किसिमका तरंगले आफ्नो गति बढाउन सक्छन्, घटाउन सक्छन्, उफ्रिन सक्छन् ।

यी तरंगहरु पृथ्वीलाई बनाउने पत्तहरुको बीचमा बहाव बनाइराख्छन् । कम र बढी भन्ने कुरा अलग अलग भौगोलिक गतिविधिहरुमा निर्भर गर्छ ।

हवाइ इन्स्टिच्युट अफ जियोफिजिक्स एण्ड प्लेनेटरी साइन्सका भू–भौतिक विज्ञानी रेट बटलर र उनको टिमले यो नयाँ खुलासा गरेको हो । रेट बटलरले आफ्नो रिपोर्टमा लेखेका छन् कि कसरी उनीहरुले ठूला भूकम्पबाट उठ्ने भूगर्भीय तरंगहरुको जाँच गरे ।

उनीहरुले पृथ्वीमा आएका ठूला भूकम्पबाट निस्किने तरंगहरुलाई पाँच अलग अलग स्थानहरुमा नापे । उनीहरुले देखे कि तरंगहरु पृथ्वीको कोरसम्म जान्छन् त्यसपछि त्यहाँबाट निस्किएर पृथ्वीमा फैलिन्छन् ।

रेट बटलर यो देखेर आश्चर्यमा परे कि लहरदार हल्का स्तरका तरंग पृथ्वीको इनर कोरमा रहेको ठोस गोलाको केही भागमा गोक्किएर फर्किए जबकि केही भागबाट भने पार भए । अर्थात पृथ्वीको इनर कोर पूरा ठोस छैन । यदि पूरा ठोस हुन्थ्यो भने सबै तरंग त्यससँग ठोक्किएर फर्किन्थे । तर, तरंगहरुले ठोस गोलाका केही भाग पार गरे अर्थात ती ठाउँबाट पार गरे जहाँ तरल धातु छ वा नरम छ ।

रेट बटलर र उनका साथीहरुले यो कुरालाई कैयौं पटक परीक्षण गरे । हरेक पटक एउटै परिणाम आयो । त्यसपछि रेटले पृथ्वीको इनर कोर अर्थात केन्द्र पूर्ण रुपमा ठोस नभएको निष्कर्ष निकाले ।

उनका अनुसार यो इनर कोर कहीँ नरम छ भने कहीँ तरल धातुको रुपमा छ । यसको अर्थ इनर कोरभित्र धातु, ठोस, तरल र नरम तीनै रुपमा छ । यो एक अलग किसिमको संसार हो जसको बारेमा वर्षौंपछि थाहा भएको छ । यसबाट भविष्यमा पृथ्वीको चुम्बकीय क्षेत्रको अध्ययनमा धेरै सहयोग मिल्नेछ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय