पुरा खबर,

काठमाडौं । पछिल्लो समय बलिउड अभिनेत्री क्याट्रिना कैफ र अभिनेता विक्की कौशलको अफेयरको धेरै चर्चा हुने गरेको छ ।

तर, यो जोडीले आफ्नो रिलेशनसीपको बारेमा भने कहिल्यै पनि आधिकारिक रुपमा जानकारी दिएका छैनन् ।

एक रिपोर्टसका अनुसार अब भने चाँडै नै अभिनेत्री क्याट्रिना र विक्कीको घरमा सहनाई बज्ने भएको छ ।

टीओआईमा छापिएको एक समाचार अनुसार क्याट्रिना र विक्कीले चाँडैले एक–अर्कासँग विहे गरेर सँधैका लागि एक अर्काको हात थाम्ने भएका छन् ।

रिपोर्टका अनुसार क्याट्रिना र विक्कीले आफ्नो विहेको तयारी समेत सुरु गरिसकेका छन् । एक सुत्रले भनेका छन्, ‘क्याट्रिना र विक्कीको वेडिङ आउटफिट्स चर्चित फेशन डिजाइनर सब्यासाचीले डिजाइन गरिरहेका छन् ।

जसका लागि उनिहरुले फेब्रिक कपडा चुनेका छन् ।’सुत्रका अनुसार अभिनेत्री क्याट्रिनाले राँ सिल्क फेब्रिक चुनेकी छन् । क्याट्रिना र विक्कीको विहे डिसेम्बरमा हुनेछ, भने क्याट्रिनाले आफ्नो विहेमा लेहेङ्गा लगाउने भएकी छन् ।

त्यसोत केही समय पहिले पनि क्याट्रिना र विक्कीको रोका सेरेमनीको समाचारले पनि खुब चर्चा मच्चाएको थियो । रिपोर्टमा उनीहरुले ‘गुपचुप विहे गरे’ भन्ने थियो ।

प्रायः क्याट्रिना र विक्की एक–अर्कासँग भेटिदै आएका छन् ।भर्खरै पनि विक्की कौशलको फिल्म ‘सरदार उधम’को स्क्रीनिङमा उनीहरु सँगै देखिएका थिए । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय