बिहिबार , चैत्र १५, २०८०

पुरा खबर,

घर जानको लागि विमानस्थल पुग्ने तयारी गर्दासम्म मनमा अनेक प्रकारका विचार आएका थिए ।

अहिलेको अवस्थामा सजिलै विमानस्थल गएर घर जान सम्भव थिएन । पहिला जस्तो सजिलै टिकट लिएपछि ढुक्क भएर घर पुगिन्छ भन्ने अवस्था त झनै छैन ।

सबै तयारीपछि विमानस्थल पुग्दासम्म मनमा अनेक डर भए पनि आफूसँग आवस्यक सबै कागजपत्र भएकोले मनमा धैर्यता भने थियो नै । विमानस्थलको गेट बाहिर कसैले बोलेको एउटा वाक्यले मलाई तर्सा’यो ।

‘भाइ सामान लानु हुन्छ कि ?’ मैले सोधेँ, ‘कस्तो सामान दाजु ?’ ‘हातमा लगाउने क्या ।’

उनले यति भन्ने बित्तिकै मैले कुरोको चुरो बुझिहालेँ । आजभोलि सुन त’स्करको बि’गबि’गी छ नै । उनले बोले’को वाक्यको अर्थ यही थियो । सुनको बाला बनाएर भरिया बनाई नेपालमा सुन त’स्कर गर्ने । मैले उनको प्रस्तावलाई ठा’डै अस्वी’कार गरेँ ।

यस्तो गै’रका’नुनी ध’न्दामा मलाई फ’स्नु थिएन । म सरासर विमानस्थल भित्र प्रवेश गरेँ । विमानस्थलमा देखिने ठगी’का अनेक रङ्गहरुसँग जो’गिन म सबैलाई आग्रह गर्दछु । कसैलाई सहयोग गरेँ सोचिरहँदा का’रागा’र पुगिएला, सचेत रहौँ ।

विमानस्थलको गेटमा खि’न्न भएको मन विमानस्थलभित्र पुगेपछि प्रसन्न भयो । त्यहाँ घर जानको लागि विमानस्थलभित्र पुग्नुभएका नेपालीहरु देख्दा आफ्नोपनको महसुस बढ्यो । सामाजिक दूरी कायम गर्नुपर्ने हुँदा यसपाली लाइन लामो नै थियो ।

कोही साथीभाइहरु आफूसँग बढी समान भएकोले चि’न्तित पनि देखिनुभएको थियो । यहाँ निर एउटा कुरो सधै मलाई अचम्म लाग्छ भनाैँ या जानीजानी पछु’ताउने बानी भनौं, टिक’टमा जहाजले लिन दिने लगेज स्पष्ट रूपमा उल्लेख गरे पनि बढी सामान ल्याएर विमानस्थलमा अनाव’स्यक बहस गर्नैपर्ने । यो देखेर मलाई अचम्म लाग्छ । यसपाली पनि विमानस्थलमा यही अवस्था देखियो ।

मानिसहरू लाइनमा उभिएर आफ्नो पालोको पर्खाइमा थिए भने काउन्टरमा अनावस्यक बहस गरी समय ब’र्बाद गरिरहेका थिए । जति बहस गरे पनि आफ्नो लगेज त्यहाँ तोके भन्दा बढी लिन बिल काट्नु नै पर्ने हुन्छ ।

त्यो भन्दा अर्को विकल्प छैन नै । यो त लगेज काउण्टरको कुरो थियो । हाते ब्याग चेक गर्ने ठाउँमा त झन ठूलो अन्तर देख्न पाइन्थ्यो । स्पष्ट रूपमा सात किलो लेखिएको थियो र पनि दश किलोसम्म छुट दिएको देखियो ।

अब त्यो भन्दा पनि बढी समान ज’बर्ज’स्ती ल्याउँदा दो’ष कसको ? सामान ल्याउनेको की ? जाँच गर्न बस्नेको ? त्यसैले नियमलाई पालना गरौं ताकि पछु’ताउनु नपरोस् । हुन त चाडपर्वको बेला हो । घरपरिवार इष्टमित्र सबैलाई सम्झदा सम्झदै सामानको भा’री ठूलो भएको पत्तै हुँदैन । तर पनि हामीले यी सबै कुरालाई मिलाएर व्यवस्था गर्नुपर्छ ।

सबै जाँच सकेपछि मलगायत अरु यात्रुहरु जहाज भएतर्फ लाग्यौँ । जहाजमा चढ्यौँ । यो समयमा घर जान कठिन छ भन्ने बाहिर जस्तो हल्ला थियो, त्यहाँ पुगेपछि मलाई त्यस्तो लागेन । केही बेरमै जहाजले भुइँ छोड्यो । अन्तिम अपडेट: कात्तिक १०, २०७८
नारायण कोइराला ,पाल्पाका नारायण कोइराला अहिले खाडीको देश यूएईमा कार्यरत हुनुहुन्छ । यो खबर उज्यालो अनलाइनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय