शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

काठमाण्डाै – विगतका वर्षमा धेरै फलेको भन्दै यसपालि पनि चाइनिज धान लगाउनेहरूको यो वर्ष भने उत्पादन शून्य भएको छ ।

एक रोपनी जग्गामा आठ दश मुरीसम्म चाइनिज हाइब्रिड धान उत्पादन भएकोमा यो वर्ष धानका बाला नै नलाग्दा किसान ठगिएका छन् ।

गएकाे हप्ता देशभर बा’ढी–प’हिरोले धान बाली न’ष्ट भएको समाचारले दुःखी बनाएको अवस्थामा भक्तपुरका किसानले लगाएको धानका बालामा दाना न’लाग्दा खद्यान्नको अभाव हुने भएको हो ।

भक्तपुरका किसानले लगाएको धानमा भुस मात्र रहेपछि काठमाण्डाैकाे बजारमा धेरै रुचाइएको स्थानीय चामलको अभा’व हुने भएको छ भने किसान अफ्ठ्या’रोमा परेका छन् ।

भक्तपुरको चाँगुनारायण, सूर्यविनायक, नगरपालिकामा धेरैसजाे किसानले डीवाई २८ धान लगाएको पाइएको छ । चाइनिज धान डीवाई २८ अघिल्लो वर्ष राम्रो फलेको देखेर यो वर्ष पनि डीवाई २८ लगाएका किसान बढी म’र्कामा परेका छन् ।

सात रोपनी खेत पूरै पराल मात्र भएको सुनाउँदै चाँगुनारायण नगरपालिका ६ नगरकोटका किसान विजय लामा र सावित्री श्रेष्ठले बढी फल्ने धान लगाउन पाए हात मुख जोड्न सजिलो हुन्छ भनेर सात रोपनीमा लगाएको डीवाई २८ मा दाना नै नलाग्दा अब के खाने भन्ने अवस्थामा आफू पुगेको उहाँहरूले सुनाउनुभयो ।

चाइनिज धानको बिउमा स्थानीय रूपमा उत्पादन भएको धान अघिल्लो वर्षको डीवाई २८ मिसाएर व्यापारीहरूले बिक्री गरेको हुन सक्ने कृषक समूह महासङ्घ भक्तपुर जिल्ला अध्यक्ष टेकबहादुर लाखेले बताउनु्भयो ।

उहाँले भन्नुभयो, ‘एउटै गरोमा रोपेको केही धान फलेका र धेरैजसाे बालामा चामल नै नपसेको र भुस मात्र फलेको देख्दा उताबाट ल्याएको धानको बिउमा यहाँ अघिल्लो वर्ष फलेको धानको बिउ मिसा’एर बिक्री गरेको देखिन्छ ।’

यस्तै नगरकोट क्षेत्रका ७० प्रतिशत किसानले यही धान लगाएकोमा कसैको पनि रोपनीमा एक मुरी भन्दा बढी धान नआउने किसानहरूले बताएका छन् । धानको बिउ किलोको आठ सय ५० रुपैयाँभन्दा बढी पर्ने भएकाले बिचौलियाले व्यापारीको मिलेमतोमा धानको बिउमा मिसा’वट गरेको किसानहरूले बताएका छन् । यो खबर उज्यालो अनलाइनमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय