सल्यान । सल्यान प्रहरीले एक व्यापारीको लुटपा’ट भएको जनाएको छ ।

जिल्लाको कपुरकोट गाउँपालिकामा पर्ने जंगलमा एक व्यापारी लु’टिएका हुन् ।

जिल्लाको कपुरकोट गाउँपालिका-१ कालापातल भन्ने जंगलबाट व्यापारीको नगद ३ लाख रुपैयाँ र रा.१ ख २३९१ नम्बरको ट्रकको कागजपत्र, चाबी र मोबाइल लु’पाट गरेको अभि’योगमा रोल्पा सुलिचौर बस्ने ३० वर्षीय तिलक विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नेपालगंजबाट तरकारी किन्न आएका तरकारी ब्यापारी सेराज हलुवाईलाई तिलक समेतका व्यक्तिहरुले उक्त जंगलमा खु’कु’री देखाई ट्रक समेत तोड’फो’ड गरी सेरोजको साथबाट नगद तथा ट्रकको कागजपत्र लु’टपा’ट गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कपुरकोटबाट खटिएको प्रह’रीले लुट’पा’टमा संलग्न व्यक्तिहरुको खो’जी गर्ने क्रममा तिलक’लाई पक्राउ गरेको हो ।

लुट’पाट’मा संलग्न हाल फरार अन्य व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चो’रीमा संलग्न ३ जना पक्राउ

श्रृङ्खलाबद्ध चो’री कार्यमा संलग्न व्यक्तिहरु पक्राउ परेका छन् । काठमाडौं उपत्यकाका विभिन्न घर, सहकारी तथा वित्तिय संघसंस्था गरी ९ स्थानमा चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं कोटेश्वर बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४ घर भएका ३१ वर्षीय कमल थापा मगर, ३० वर्षीय धनलाल थापा मगर र काठमाडौं कपन मिलनचोक बस्ने पाँचथर फाल्गुनन्द गाउँपालिका–५ घर भएका ३९ वर्षीय हरि प्रसाद रसाइली रहेका छन् ।

काठमाडौं उपत्यकाभित्र रातको समयमा बिभिन्न सहकारी तथा वित्तिय संघसंस्थाहरु र घरमा मानिसहरु नभएको मौका पारी ढोका फोडी नगद तथा सुन चाँदीका गहना चोरी कार्यमा संलग्नको खोजी गर्ने क्रममा महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले चोरी गर्ने कार्यमा संलग्न कमल र धनलाल तथा चोरी गरेको सुन खरिद गर्ने हरि प्रसाद समेतलाई पक्राउ गरेको जनाएको छ ।

उनीहरुको साथबाट ८२.६८ ग्राम सुनका विभिन्न गहना र मोबाइल २ थान समेत प्रहरीले ब’रामद गरेको छ ।उनलाई आवश्यक कारबा’हीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले बताएको छ ।

जुवा’तास खेलिरहेको अवस्थामा ६ जना पक्रा’उकोहलपुर नगरपालिका ८ पिपरीस्थित रुद्र वीर खडकाको घरमा जुवाता’स खेलिरहेको अवस्थामा ६ जनालाई गएराति प्रह’रीले प’क्राउ गरेको छ।

उक्त घरमा जुवा’ता’स खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्र’हरीले उनीहरूको साथबाट ३ लाख ४९ हजार ७ सय ५ रूपैयाँ र दुई बुक ता’ससहित फेला पा’री प’क्राउ गरेको हो।उनीहरू उपर थप अनुस’न्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय