बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

काठमाडौँ – लगातार उकालो लागेको लाग्यै गरेको सुनको मूल्य धेरै दिन पछि घटेको छ।

बढेको बढ्यै गरेर साउन महिना पछिकै महँगो भएको सुनको मूल्य बुधबार एक्कासी घटेको हो।

नेपाली बजारमा दसैँपछि लगातार बढेको सुनको मूल्य आज प्रतितोला रु ६०० ले घटेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएको छ ।

पहेँलो धातु मङ्गलबार प्रतितोला रु ९२ हजार ६०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१ हजार ५०० रहने छ जसको मूल्य मङ्गलबार प्रतितोला रु ९२ हजार १०० तोकिएको थियो ।

त्यस्तै महासङ्घका अनुसार आज चाँदी अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला रु १५ ले घटेर रु एक हजार २५० कायम भएको छ ।

चाँदी मङ्गलबार प्रतितोला रु एक हजार २६५ मा कारोबार भएको थियो । महासङ्घले अन्तरराष्ट्रिय बजारको कारोबार मूल्यका आधारमा यहाँ सुन तथा चाँदीको मूल्य तोक्दै आएको छ ।

असोज २५ गते पछि पहिलो पटक घट्यो
दशैँ लागेपछि लगातार बढेको सुनको मूल्य आज घटेको हो। सुनको मूल्य असोज २५ गते पछि कहिले पनि घटेको थिएन। यस हिसाबले सुन आज १६ दिन पछि पहिलो पटक घटेको हो।

सुन खपतको अध्ययन गर्दै राष्ट्र बैंक, दसैंको समयमा दैनिक ४० किलो नै चाहिने हो ?

नेपाल राष्ट्र बैंकले मुलुकभर सुन कति खपत हुन्छ भनेर अध्ययन गर्न थालेको छ । सुन व्यवसायीले सुनको अभाव भएको भन्दै बारम्बार कोटा बढाउन केन्द्रीय बैंकलाई दबाब दिन थालेपछि उसले सुन खपत कति हुन्छ भनेर अध्ययन गर्न थालेको हो ।

सुन व्यवसायीले सुन बढाउन निरन्तर दबाव दिन थालेपछि मुलुकभर सुनको आवश्यकता कति रहेछ भनेर अध्ययन गर्न थालिएको नेपाल राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले बताए । ‘नेपालभर कति सुन आवश्यक छ भन्ने बारेमा अध्ययन भइरहेको छ,’ उनले भने, ‘त्यो आवश्यकतालाई पूर्ति गर्न दैनिक कति सुन ल्याउनु पर्छ, त्यसका आधारमा सुन आयातका लागि अनुमति दिइने छ ।’

नेपाल राष्ट्र बैंकले सुन आयातका लागि बैंकहरुलाई अनुमति दिने गरेको छ । नेपाल बैंकर्स संघमार्फत बैंकहरुले त्यस्तो सुन आयात गर्दै आएका छन् ।

अहिले बैंकहरुले दैनिक २० किलोका दरले मात्र कच्चा सुन ल्याउँदै आएका छन् । त्यसरी ल्याएको सुन बैंकमार्फत व्यवसायीले खरिद गर्दै आएका छन् ।

दैनिक २० किलोका दरले सुन ल्याउँदा अपुग भएको भन्दै व्यवसायीले राष्ट्र बैंकसँग त्यस्तो सुनको कोटा बढाउन माग गरिरहेका छन् । सुन व्यवसायीले गत भदौं ३० गते नेपाल राष्ट्र बैंक पुगेर सुनको माग अत्याधिक भएको र मागको तुलनामा आपूर्ति कम भएको भन्दै आयात बढाउन दबाब नै दिएका थिए ।

तर, राष्ट्र बैंकले सुन व्यवसायीले भनेको आधारमा मात्र सुनको कोटा बढाउन नसकिने बताएको थियो । केन्द्रीय बैंकले सुन खपतको बिस्तृत विवरण माग गरेको थियो ।

राष्ट्र बैंकले सुन खपतको बिस्तृत तथ्यांक (डाटा) मागेको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताए । ‘राष्ट्र बैंकले कति व्यवसायी छन्, उनीहरुको दर्तादेखि सुनचाँदी व्यवसायीले राजश्वमा पुर्याएको योगदान सहितको डाटा मागेको छ,’ उनले भने, ‘त्यसको आधारमा फेरी राष्ट्र बैंकसँग व्यवसायी बस्ने कुरा भएको छ ।’

राष्ट्र बैंकले माग र आपूर्तिबीचको सन्तुलन मिलाउने तयारी गरेको छ । सुनमा भइरहेको अवैध कारोबार रोक्ने पहल भइरहेको राष्ट्र बैंकको भनाइ छ ।

सुन नेपालमा खपत बढी देखाएर चोरी पैठारी भारतमा समेत हुने गरेको केन्द्रीय बैंकको ठहर छ । त्यही भएर राष्ट्र बैंकले मुलुकभर कति सुन आवश्यक हुन्छ भनेर अध्ययन गर्न लागेको हो । त्यही अध्ययनलाई आधार मानेर सुन आयात गर्न दिने निर्णय गर्ने भएको छ । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय