बिहिबार , बैसाख ६, २०८१

नेपाली राजनिती,

सर्लाही । नेपाल कम्युनि’ष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिनिज बुक अफ वर्ल्ड रेकर्डमा १ नम्बरको ग’फाडी प्रधानमन्त्री भनेर लेखिने बताएका छन् ।

मंगलबार सर्लाहीको हरिवनमा आयोजित कार्यक्रममा उनले काम केही नगर्ने, झू’ठा बोल्ने र हसाउने काम गर्ने भन्दै गिनिज बुकमा ओलीको नाम नेपालको १ नम्बरको गफाडी प्रधानमन्त्री भनेर लेखिने बताए ।उनलेभ भने, ‘गिनिज बुकमा ओलीको नाम ‘गफाडी प्रधानमन्त्री नम्बर एक’ भनेर लेखिन्छ ।’

यसअघि अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले गरेका कामले नै गिनिज बुकको आधा भाग भरिने दावी गरेका थिए । ओलीको त्यहीँ बोलीको काउन्टर गर्दै नेपालले ओलीलाई गफाडी प्रधानमन्त्रीको संज्ञा दिए ।

अध्यक्ष नेपालले एमालेमा विद्रोह गरेर निस्केपछि देशमा विद्रोहको राँको बालेको पनि दावी गरे ।

अहिले त्यहीँ राँ’को लिएर लिएर देश दौडाहामा लागेको पनि उनले बताए।अहिले नेपालको राजनीतिक इतिहासमा वि’द्रोहको झि’ल्को बलेको उनको भनाइ छ। उनका अनुसार क’म्युनिष्ट आन्दो’लनको शिर ठाडो पारेर समाजवादी अगाडि बढेको छ।

अध्यक्ष नेपालले आफूहरुले सदैव नेताभन्दा नीति, पार्टी र विधिलाई मान्यता दिएको पनि बताएका छन्। तर, एमाले ओलीको इशारामा चल्ने संस्था जस्तो बनाइएको भन्दै ओली दक्षिणपन्थी शक्तिसँग साठगाँठ गर्ने नेता रहेको आ’रो’प लगाए । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय