शुक्रबार , चैत्र १६, २०८०

पुरा खबरर,

पछिल्लो समय ‘स्कूटी’ युवा–युवतीहरु बीच लोकप्रिय सवारी साधन हो ।

विशेषगरी किशोरी तथा युवतीहरु स्कूटीप्रति निकै आकर्षित हुने गर्दछन् । र,यसको प्रयोग निकै बढ्दो छ । विभिन्न आकर्षक मोडल र रङ्गका स्कूटी चढ्ने क्रेज दिनानुदिन बढ्दो छ ।

तर, यात्राको यो साधन दु’र्घट’ना’ले कैंयौं कलिला किशोर/किशोरी तथा युवाहरु’को ज्या’न पनि लिएको छ । यस्तै ज्या’न गु’माउ’नेह’रुमा रुपन्देहीलाई कार्यक्षेत्र बनाउँदै आएका २३ वर्षीया सुस्मिता एक हुन् ।

गत शुक्रबार राति रुपन्देहीको तिलोत्तमा–२ सिताराम राइस मिल नजिकै स्कुटी दु’र्घ’टना’मा परेर ज्या’न गुमाए’की २३ वर्षीया सुस्मिता क्षेत्री (पाण्डे ) गुल्मीकी होनाहार चेली थिइन् ।

उनले गुल्मीकी मात्र नभई साविक लुम्बिनी अञ्चलकै बहुप्रतिभाशाली युवतीको पहिचान बनाएकी थिइन्। सुस्मिताले सन्–२०१७ को मिस लुम्बिनी सौन्दर्य प्रतियोगितामा उत्कृष्ट बनेको उनका दाजु अशोक पाण्डेले बताए । उनका अनुसार त्यसदिन साँझ ९ बजेर ४५ मिनेट जाँदा बुटवलबाट घरतर्फ आउँदै गरेको अवस्थामा स्कुटी दु’र्घट’ना भएको थियो।

दु’र्घट’ना’मा परी गम्भी’र घा’इते उनलाई तत्काल लुम्बिनी प्रादेशिक अस्पतालमा पुर्याइएको र उपचारकै क्रममा उनको ज्या’न गए’को थियो। अध्ययन ,जागिरसँगै सौन्दर्य क्षेत्रमा अग्रसर सुस्मिताले छोटो समय र युवा अवस्थामै प्रतिष्ठित कम्पनीमा काम गर्दै आएकी थिइन् ।

उनले इन्टरनेट सेवाप्रदायक कम्पनी ब्रोडलिंकको बुटवलशाखा, फाइभ स्टार होटल,टाइगर प्यालेसमा काम गरेकी थिइन् । पछिल्लो समय बुटवल मिलनचोकको फुड सप्लायर्स गर्ने ‘लुम्बिनी भोज’ को इन्चार्जका रुपमा काम गर्दै आएको दाजु पाण्डले सुनाए।

उनका एक दाजु भारतिय सेनामा छन्। उनकी दिदी डेनमार्कमा रहेकी छन् । उनीहरु नआएसम्म शव लुम्बिनी अस्पतालमै राखिएको दाजु पाण्डेले बताए । उनकी आमाले गला अवरुद्ध पार्दै त्यसदिन छोरीले बुटवल काम गर्ने स्थानमा आफूलाई पनि साथीहरुले प्रोग्राममा बोलाएका छन्,खासै सञ्चो छैन तैपनि एक छिन गएर आउँछु है भन्दै हिँडेको बताइन् ।

उनका बाबु खुमबहादुर पाण्डे सहितको परिवार गत १२ वर्षदेखि तिलोत्तमा–१ को शंकर नगरमा डेरा गरी बस्दै आएका छन् । उनीहरुको घर गुल्मीदरबार गाउँपालिका–४, साविक बिरवास गाविसको भट्टेचौर देउरालीमा हो ।

परिवारका सदस्य यता घरमा आवत–जावत गर्ने गरेका छन् । तिलोत्तमा–१ का वडाका सदस्य नेत्र खनालले उनीहरु आफ्ना छिमेकी भएको र एउटी होनाहर चेली गुमाएकोप्रति दुः’ख ब्यक्त गरे। यतिबेला शोकाकुल परिवार डेरामा नबसी फुपु लक्ष्मी थापाको घरमा गएर बसेका छन् । सुस्मिता अविवाहित थिइन्। ग्लोबल आवाजबाट साभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय