पुरा खबर,

पाँचथरको फिदिम नगरपालिका–४ सरखण्डेमा आज भएको बस दु’र्घ’टना’मा मृ’त्यु हुनेको सङ्ख्या चार पुगेको छ ।

मृ’त्यु भएकामध्ये तीन जना’को मात्र स’नाख’त भएको छ ।

दु’र्घट’ना’मा मोरङको लेटाङ नगरपालिका–६ का सात वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनका सात महिने छोरा निश्चलको फिदिमस्थित समर्पित अस्पतालमा उपचारका क्र’ममा ज्या’न गएको हो ।

समर्पित अस्पताल’मै मृ’त्यु भएका एक महिलाको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दु’र्घट’नामा ६१ यात्रु घा’इते भएका छन् ।

घा’इते’को विभिन्न अस्पतालमा उपचार भइरहेको छ । फिदिम नगरपालिका–४ शिवादोभानबाट झापातर्फ जाँदै गरेको को १ ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा दु’र्घटना’मा परेको हो ।

यो पनि पढ्नुहोस् , ८ कात्तिक- कात्तिकको सुरुबाट भएको वर्षाका कारण अवरुद्ध सात सडक अझै खुल्न सकेका छैनन् । वर्षा सकिएकाले सडक विभागले मर्मतको काम अघि बढाइरहँदा आएको वर्षाले सडकमा रु एक अर्ब पाँच करोडको क्षति भएको छ ।

अझै पनि विवरण सङ्कलन भइरहकाले पूर्ण विवरण आउँदा बढ्न सक्ने बताइएको छ ।वर्षाले गर्दा सुदूरपश्चिम र पूर्वमा सडकमा बढी असर गरेको छ । यस वर्ष वर्षा सुरु भएदेखि गत असोज मसान्तसम्ममा रु दुई अर्ब ३५ करोडको क्षति भएको विभागको तथ्याङ्क छ । यस वर्ष वर्षा सुरु भएयता मात्रै २४५ ठाउँमा सडक अवरुद्ध भएको विभागले जनाएको छ ।

कात्तिक १ गतेबाट १८ ठाउँमा सडक अवरुद्ध भएकामा मनाङ, बाजुरा र बझाङमा बढी असर पुगेको विभागका महानिर्देशक अर्जुनजङग थापाले बताउनुभयो ।

उहाँका अनुसार मनाङमा अहिलेसम्म सडक अवरुद्ध भइरहे पनि खुलाउने गरी काम भइरहेको छ । उहाँले भन्नुभयो, “बझाङमा सडक खुलाउन बढी समय लाग्नसक्ने देखिएको छ ।” पछिल्लो वर्षाका कारण महाकाली राजमार्ग ठाउँठाउँमा अवरुद्ध छ ।

कैलालीदेखि दार्चुलासम्म पहिरो आएर सडक बन्द भएको विभागले जनाएको छ । डडेलधुराको स्याउलेदेखि डोटीसम्म ठाउँठाउँमा सडकमा क्षति पुगेको छ । महानिर्देशक थापाले भन्नुभयो, “सेती नदीले सडक नामै नराखेर बगाएको छ ।”

धनगढी–सहजपुर–वुडर–स्याउेले,सतबाँझ–थाकतोली–दार्चुला– तिङ्कर सडक वर्षाका कारण केही दिनसम्म अवरुद्ध भएको थियो । अहिले सो सडक एकातर्फबाट खुलाइएको छ । बझाङको जालीबगर खण्डमा सडक नै भाँसिएकाले यातायात अवरुद्ध छ । तीन सय मिटर राजमार्ग नै बगेकाले अहिले प्राविधिक उपकरणसहित सडक खुलाउन काम भइरहेको जनाइएको छ । साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय