बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिती,

झापा । प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीले आफ्नो छोराले पुनः पाँच वर्ष एकलौटी सरकार चलाउने बताएका छन् ।

गृह जिल्ला झापामा रहेका बुवा मोहनप्रसादलाई भेट्न ओली आइतबार पुगेका थिए ।

छोरालाई भेटेपछि मोहन प्रसादले सञ्चारकर्मी सँगको कुरा कानीमा आगामी चुनावमा आफ्नो छोराले जितेर पुनः ५ वर्ष एकलौटी सरकार चलाउने दाबी गरे ।

उनले सञ्चारकर्मी सँगको कुरा कानीमा भने, ‘एमाले सबैभन्दा ठूलो पार्टी बन्छ । फागुन पछि मेरै छोरो प्रधानमन्त्री बन्छ त्यो पनि पाँच वर्ष एकलौटी चलाउनेगरी, हेरि राख्नुस् ।’

आफ्नो छोरा अझैँ २० वर्षसम्म स्वस्थ रहने बताउदै ९० वर्षीय मोहन प्रसादले छोरा ओलीलाई षड्यन्त्र गरेर प्रधानमन्त्री पदबाट हटाइएकाे पनि बताए ।

उनका अनुसार ओलीलाई जनताले फेरि सत्तामा पुर्‍याउछन् र पाँच वर्ष सरकार चलाउछन् । न्युज २४ मा यो खबर छ ।पूर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले एमाले प्रवेश गर्ने तयारी गरेका छन्।

खनाललाई एमाले प्रवेश गराउन विभिन्न चरणमा छलफल समेत भइसकेको छ।एमालेको १० औं महाधिवेशन नजिकिदै गर्दा खनाल एमाले प्रवेश गर्न लागेका हुन्।

खनाललाई एमाले प्रवेश गराउनेबारे छलफल भइरहेको एमाले स्थायी कमिटी सदस्य किरण गुरुङले सेतोपाटीलाई बताए।’विभिन्न चरणमा छलफल भइरहेको छ। अहिलेनै टुंगीएको छैन,’ उनले भने, ‘छलफल सकारात्मक ढंगले अघि बढेको छ।’

तनहूँका खनालले आफू अबको निर्वाचनमा एमालेबाट सांसदको उमेदवार बन्ने तयरीमा रहेको आफू निकटहरूसँग बताउने गरेका छन्।खनालले एमालेका जिल्ला तहका नेता तथा कार्यकर्ताहरूसँग अनौपचारिका छलफल समेत चलाएका छन्।दुई क्षेत्र रहेको तनहूँमा खनालको स्थायी घर क्षेत्र नं १ मा पर्छ। यो खबर सेतोपाटी बाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय