शुक्रबार , चैत्र १६, २०८०

पुरा खबर,

काठमाडौं । गायिका समिक्षा अधिकारीले पछिल्लो समय नायक पल शाहसंग जोडिएर आएका समाचारहरुबारे खण्डन गर्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएकी छिन् ।

गायिका अधिकारीले समाजिक सञ्जाल फेसबुकमार्फत समाचारमा आएका समाग्रीले आफ्नो चरित्र हत्या गर्न खोजिएको दाबी समेत गरेकी छिन् ।

त्यस्ता सामाचारहरुले नायक शाहको करिअरमा समेत आच पुर्याउन खोजिएको उनको भनाई छ ।

‘एउटै इण्डस्ट्रीमा भएको हिसाबले पल जीले मलाई अभिभावकको हिसाबले माया गर्नुहुन्छ जुन माया उहाँले आफुसङ्ग जोडिएका सबै सहकर्म हरुलाई गर्नुहुन्छ र गरिरहनु हुनेछ’, उनले फेसबुकमा लेखेकी छिन्।

उनले अघि लेखेकी छिन्, ‘उहाँले मेरो कला र क्षमता लाई माया संरक्षण गर्नुहुन्छ, म उहाको सदैव फ्यान पनि हु, ‘हामीबीच कुनै प्रकारको अनैतिक सम्बन्ध नरहेको र हामी केवल एक साथ काम गरिरहेको छौ।”

यस्तै, उनले मिडियाहरुलाई आफूहरुको बारेमा झुटा समाचार नबनाउन आग्रह गदै हल्लाका पछि नलाग्न समेत अनुरोध गरेकी छिन्। ‘राष्ट्रको चौथो अङ्ग मानिएको पत्रकारिताका अग्रज र दिग्गज अभिभावकहरुले पनि यसरी मान हा’नी र चरि’त्र ह’त्या हुने किसिमले समाचार लेख्दा निकै दुखी छु।’ साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय