शनिबार , बैसाख ८, २०८१

पुरा खबर,

काठमाडौं । भनिन्छ भाग्य हुनेको तालुमा आलु फल्छ ।

छिमेकी मुलुक भारतमा एकजना व्यक्तिको जीवनमा भाग्य यसरी उदायो कि रातारात उनी करोडपति बने ।

भारतको केरलाका ६६ वर्षका बी रत्नाकर पिल्लई नामका व्यक्तिले सन् २०१८ मा ६ करोड भारु बराबरको चिठ्ठा जितेका थिए । चिठ्ठामा जितेको त्यो रकमले उनले खेत किने ।

उनको भाग्य यत्तिमा रोकिएन । आफूले किनेको खेतमा सखरखण्ड रोप्नका लागि जब उनले खनजोत गर्दै थिए त्यहाँ उनले माटोमुनि गाडिएको १ सय वर्ष पुरानो माटाको भाँडो फेला पारे ।

यो घटना गत मंगलबारको हो । खेतमा गाडिएको अवस्थामा फेला परेको त्यो भाँडोभित्र गाडधन थियो । त्यहाँ २५ सय ९५ वटा प्राचीन सिक्काहरु थिए । सबै सिक्काको तौल २० किलो ४ सय ग्राम भएको छ । ती सबै सिक्काहरु तामाका हुन् र ती मुद्राहरु त्रावणकोर साम्राज्यका भएको बताइएको छ ।

यद्यपि यी सिक्काहरुमो मूल्यको आँकलन गर्न सकिएको छैन । परीक्षणका लागि यी सिक्काहरुलाई ल्याबमा पठाइएको छ । विज्ञहरुले यी म्द्राको मूल्यांकन गर्नेछन् ।यी सिक्काहरु त्रावणकोरका दुईजना राजाहरुको शासनकालका बेला चलन चल्तीमा थिए ।

तीमध्ये पहिलो राजा मूलम थिरुनल राम बर्मा हुन् । उनको शासनकाल १८८५ देखि १९२४ को बीचमा थियो । त्यस्तै दोश्रो राजा चिथिरा थिरुनल बाला राम बर्माको शासनकाल १९२४ देखि १९४९ सम्म चलेको थियो । उनी त्रावणकोरका अन्तिम शासक पनि थिए ।एजेन्सीको सहयोगमा साभारगरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय