शनिबार , बैसाख ८, २०८१

नेपाली राजनिती,

काठमाडौं- नेकपा एमालेका सचिव योगेश भट्टराई अस्प’ताल भर्ना भएका छन्।

एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराई उच्च ज्वरो नघटेपछि शुक्रबार साँझ वीर अ’स्पतालमा भर्ना भएका हुन्।

उ’च्च ज्व’रो आएकै कारण भट्टराई च्यासलमा दुई दिनदेखि जारी पार्टी स्थायी कमिटी बैठकमा समेत सहभागी हुन सकेका छैनन्।ज्वरो आएर केही दिनदेखि उनी घरमै आ’राम गरिरहेका थिए। तर ज्व’रो नघ’टेपछि शुक्रबार उनी वीर अ’स्पताल भर्ना भएका हुन्।

एकजना सहयोगी प्रेम गुरागाईंका अनुसार अ’स्पताल भर्ना भएपछि चि’कित्सकको सल्लाह अनुसार सात दिनका लागि भट्टराईको भेटघाट बन्द गरिएको छ।भट्टराई आगामी मंसिरमा चितवनमा हुन लागेको एमालेको दशौं महाधि वेशन मूल व्यवस्थापन समितिका सदस्य समेत छन्।

एमाले कार्यदलबाट भीम रावलले दिए राजीनामा, नेकपा एमालेको वि’वाद समा’धन गर्न गठन गरिएको एमाले एकता कार्यदल संयोजकबाट एमाले उपाध्यक्ष समेत रहेका भीम रावलले राजीनामा दिने घोषणा गरेका छन् ।

एमालेमा १० बुँदे सहमति पालना नभएको भन्दै लामो समयदेखि असन्तोष पोखिरहेका उनले शुक्रवार भएको स्थायी कमिटि बैठकका निर्णयप्रति फरक मत राख्दै सो कार्यदलबाट राजीनामा दिएका हुन् ।

उनले पार्टीको अन्तरपार्टी निर्देशन–१२ अनुसार पार्टी नेतृत्व अघि नबढेको भन्दै बैठकमा ५ पृष्ठ लामो लिखित फरक मत बैठकमा राखेका छन् । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय