२७/२८ वर्षकी एक युवती । अनुहार र लवाइ–खवाइ हेर्दा कुनै घरानियाँ खानदानकी जस्ती । कुराकानी गर्ने शैली पनि आम मानिसको भन्दा फरक । जीवनशैली र बोली व्यवहार हेर्दा उनीसँग नजिक नहुने कमै होलान् ।

उनी अर्थात् दीपा थापा (नाम परिवर्तन) । सुनकोशी गाउँपालिका ओखलढुङ्गा माइती भएकी दीपा काठमाडौं बस्न थालेको करिब ५ वर्ष भयो । उनीसँग न कुनै काम छ, न व्यापार । कमाएर दिने अरु व्यक्ति पनि कोही छैनन् । तर, उनको रवाफ र जीवनशैली भने विलासितापूर्ण छ । उनको फ्ल्याटमा पुग्ने हो भने आधुनिक डिजाइनमा महङ्गा फर्निचरदेखि शौखमा पर्ने सबैजसो विलासी वस्तु भटिन्छन् ।

काठमाडौं बसाइको करिब ५ वर्षमा उनले करिब १८ पटकभन्दा बढी डेरा सारिन् । पटक–पटक डेरा सारिरहनुको कारणचाहिँ आफ्नो पहिचान लुकाउनु वा घरधनीले ध’पाउनु नै हो । यस्तो जीवनशैली भएको मान्छेलाई घरधनीले किन डेराबाट निकाल्छन् ? वा किन यी युवतीले आफ्नो पहिचान लुकाउन पटक–पटक डेरा सार्छिन् त ? कारण हो, उनको हनी ट्र्या’पको व्यापार ।

दीपाको व्यापार वा व्यवसाय भन्नु नै हनी ट्रयाप हो । उनी युवाहरुसँग नजिकिन्छिन् । सुरुमा आफैं पैसा दिएर लेनदेन गर्छिन् । पछि युवाहरूसँग पनि पैसा लिन्छिन् । अनि माया–प्रेमको जालमा पार्छिन् र यौ’नस’म्बन्ध स्थापित गर्छिन् । यौ’नस’म्बन्ध स्थापित गरेको फोटो र भिडियो बनाउँछिन् र उल्टै ती युवाहरुसँग ब्ल्या’क’मेल गरेर पैसा लिन्छिन् ।

समयमै पैसा नपाए युवाका आफन्त वा परिवारका सदस्यलाई युवकसँग आफ्नो स’म्बन्ध भएको बारे बताउँछिन् र फोटो, भिडियो नै बाहिर ल्याइदिने ध’म्कीस’म्म दिन्छिन् । अनि युवकहरू सम्झौता गर्न बा’ध्य हुन्छन् । यौ’नला’ई ह’ति’या’र बनाएर यी युवतीले पुरुषलाई फ’साउँछिन् र पैसा लिन्छिन् ।

केही–केही युवासँग त ह’नी ट्रया’पमा पारेर पैसा लिएको मात्रै होइन, कर णी जस्तो मुद्दा समेत दायर गरेकी छिन् उनले ।

यस्तो छ युवा फ’साउने दीपाको काइदा

दीपाको माइती ओखलढुङ्गा भए पनि उनले ओखलढुङ्गा र सिन्धुलीको सिमानामा रहेको फिकल गाउँपालिकाका प्रकाश खड्का (नाम परिवर्तन) सँग विवाह गरेकी थिइन् । गाउँघरकै मान्छेको चिनजानमार्फत् उनीहरुको मागी विवाह भएको थियो । प्रकाश नेपाली सेनामा कार्यरत थिए भने दीपा गाउँमै बस्थिन् ।

प्रकाश सेनाको काममा बढी केन्द्रित हुने भएपछि दीपाको सम्बन्ध सिन्धुलीकै एक ठेकेदारसँग नजिकियो । ठेकेदारसँग नजिकको सम्बन्ध भएको कुरा प्रकाशले थाहा पाए । त्यसपछि प्रकाश ‘परिवार बचाउने’ भन्दै नेपाली सेनाको जागिर नै छाडेर घर आए । तर उनी घरमा आएपछि आफ्नो पोल खुलेको भन्दै दीपा घर छाडेर भा’गिन् ।

प्रकाशका अनुसार दीपाले उनको करिब ५० लाखको सम्पत्ति झ्वाम पारिन् । सुरुमा शान्ति सेनामा जाँदा कमाएको पैसाले भक्तपुरमा जग्गा किनेको बताइन् । तर, उक्त जग्गा तिनै ठेकेदारका नाममा किनेको र पछि उक्त जग्गा पनि फिर्ता नदिएको प्रकाशले बताए ।

पछि अदालतबाटै सम्बन्धविच्छेद गर्ने समयमा दीपाले छोरीका लागि भन्दै थप चार लाख रुपैयाँ लिइन् । अदालतमा सम्बन्धविच्छेद हुने समयमा दीपाले जन्माएकी छोरीका बुवा प्रकाश नै नभएको बयान दिइन् । तर, पनि छोरीको पढाइका लागि भन्दै उनले थप चार लाख रुपैयाँ लिएर गइन् ।

दीपा र प्रकाशको सम्बन्धविच्छेद भएको करिब ५ वर्ष भयो । त्यसपछि भने दीपा सिन्धुली छाडेर कपन तथा बौद्ध एरियामा बस्न थालिन् । यहीबीचमा सिन्धुलीका ती ठेकेदारलाई आफूसँग विवाह गर्न द’बाव दिन थालिन् । कि आफूसँग विवाह गर, नभए पैसा देऊ भन्दै द’बाव दिएको ठेकेदारका आफन्त बताउँछन् ।

विवाह पनि नगर्ने र पैसा पनि नदिने भए नातासम्बन्ध कायम गराउँछु र कर णीको मुद्दा लगाइदिन्छु भन्दै ध’म्का’उन थालेपछि ती ठेकेदारको परिवारले दीपालाई ४५ लाख रुपैयाँ बुझाएको ठेकेदारका आफन्तले सुनाए ।

अर्काकी श्रीमती भनेर जान्दा जान्दै दीपासँग ल’हसिएका ती ठेकेदारले सुरुमै आफ्नो खेत ब’न्धकी राखेर २५ लाख रुपैयाँ सहकारीबाट निकालिदिएका थिए । पछि थप त’नाव दिन थालेपछि उनले थप २० लाख रुपैयाँ दिएर केस त मिलाए, तर ठेकेदारको खेत भने लिलामीमै गयो ।

सहकारीका कर्मचारी पनि फसे

श्रीमानको सम्पत्ति लिएर घर छाडेकी दीपा ठेकेदारलाई ह’नी ट्र’या’पमा पारिसकेपछि अर्को स्त्रीलम्पट नयाँ पात्रको खोजीमा निस्किइन् । ती पात्र थिए, दीपाकै काकाका आफन्त । बौद्ध क्षेत्रमा सहकारीमा काम गर्ने ती युवालाई दीपा आफैंले फेसबुकमा फ्रेण्ड रिक्वेष्ट पठाइन् । सुरु–सुरुमा सामान्य कुराकानी भयो । दीपाले ती युवालाई कहिले कफी खान त कहिले खाजा खान भन्दै बोलाउन थालिन् । अविवाहित ती युवकका लागि दीपाले असल केटी खोजिदिने भन्दै केही युवती पनि देखाइन् । तर, युवकले अरुलाई मन पराएनन् ।

पछि दीपा आफैंले युवकलाई यौ’ ‘न आ’श’क्तिसँग जोडिएको म्यासेज पठाउन थालिन् र केही फरक पर्दैन, हामी स’म्बन्धमा बसौं भन्न थालिन् । सुरुमा युवकले आ’प’त्ति जनाए । तर, पनि दीपाले केही फरक पर्दैन, तपाईको विवाह भएपछि हामी छुटौँला भन्दै युवकसँग यौ’ ‘न स’म्बन्ध स्थापित गर्न थालिन् ।

तर, त्यही यौ’ ‘न स’म्बन्ध दीपाका लागि ह’नी ट्र’यापको ह’ति’या’र बन्यो र युवकको लागि पा’ ‘सो । दीपाले अब युवकसँग पैसा माग्न थालिन् । सुरुमा पैसा माग्दा सापटीकै रुपमा माग्ने र छोटो समयमा धेरै ब्याज आउने बताउन थालिन् । सुरु–सुरुमा लगेको पैसाको ब्याजसहित फिर्ता गर्न थालिन् । युवकले थप रकम दिँदै गए ।

युवक सहकारीमा काम गर्ने सामान्य व्यक्ति भएका कारण धेरै पैसा हुँदैनथ्यो । दीपालाई २ लाख रुपैयाँभन्दा बढी रकम दिइसकेका उनले रकम फिर्ता माग्न थाले । तर, जब उनले रकम फिर्ता माग्न थाले, त्यसपछि भने दीपाको व्यवहार परिवर्तन हुन थाल्यो । दीपाले आफ्नै फ्ल्याटमा बोलाएर म’दि’रा खुवाउन र त्यही समयमा युवकको न’ग्न फो’टो तथा भिडियोहरु खिच्न थालिन् । अनि त्यही फोटो र भिडियो देखाउँदै ब्ल्या’क मेल सुरु गरिन् ।

सुरुमा १५ लाख रुपैयाँबाट सुरु भएको बार्गेनिङ अन्त्यमा ८ लाख रुपैयाँमा मिल्यो । र, ८ लाख रुपैयाँ लिएर कुनै केश नगर्ने र पछि दुःख नदिने सहमति भयो । वकिल नै राखेर दुईवटा कागज गरियो । पहिलो कागजमा लेनदेन रहेको र त्यही वापत युवकले दीपालाई ८ लाख रुपैयाँ दिएको कागज गरियो । दोस्रो कागजमा चाहिँ आफूहरुबीच यौ’नस’म्ब’न्ध रहेको आफूले ग’र्भप’तन’स’मेत गराएको कारण क्षतिपूर्तिवापत ८ लाख रुपैयाँ लिएको कागज गरियो ।

युवक पनि बरु ८ लाख दिएर आफ्नो काम गर्ने सोचमा परे र ८ लाख रुपैयाँ दिए । तर, दीपालाई त्यो पैसाले पुगेन । दीपासँगै ह’नी ट्र’या’पको गिरोहमा सं’लग्न दुई पुरुष र एक महिलाले दीपालाई थप उचाले । कर णीको मुद्दा लगाइदिने ध म्की दिँदै थप रकमको माग गर्न थाले । दीपा तथा गि रोहकै एक सदस्यले ती युवकलाई पठाएको म्यासेजमा पनि यी कुरा उल्लेख छन् ।

तर युवकले पहिले नै ८ लाख दिएर केस मिलाइसकेका कारण थप रकम दिन नसक्ने बताए । पछि दीपा र गिरोहका सदस्य मिलेर वौद्ध प्रहरीमा ती युवकविरुद्ध कर णीको मुद्दा नै दर्ता गराए । अहिले पनि यो मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ ।

ग’र्भवती भएँ भन्दै ध’म्का’उँदै

दीपासँग स’म्बन्धमा रहेका ती युवकका अनुसार कर णी ती युवकले नभई दीपाले चाहिँ गरेकी थिइन् । उनले भने, ‘के गर्नु, नेपालको कानुनले महिलाले कर णी गर्न सक्दैन भन्छ । नत्र मलाई पहिलो दिन नै दीपाले ज’बरज’स्ती गरेकी थिइन् ।’

युवकका अनुसार दीपा यौ’ ‘न स’म्ब’न्धको समयमा क’ ‘ण्डम लगायतका अस्थायी साधनको प्रयोग गर्न पनि अनिच्छा देखाउँथिन् । आफूले तीन महिने सुई लगाएको भन्दै क’ ‘ण्डम प्रयोग गर्न नमान्ने र तपाईले अरु विषयको चिन्ता लिनु पर्दैन भन्थिन् ।

तर, जब धेरै पैसा लिइसकेकी हुन्थिन्, अनि ग’र्भ’वती भएँ भन्दै ध’म्का’उन सुरु गर्थिन् । अनि नातामा बहिनी पर्ने गिरोहकै एक सदस्यमार्फत् पैसाको बार्गेनिङ सुरु गर्थिन् । ती युवकले सुनाए, ‘एकपटक उसकै बहिनीले दिदी ग’र्भवती हुनुभयो, केस मिलाउनुपर्यो भनेर लगातार म्यासेज गरिन् । पछि मैले आफंै कि’टबा’ट टेष्ट गराएँ । तर, रिपोर्ट नेगेटिभ आयो ।’

ती युवकका अनुसार दीपाले पटक–पटक यस्तो भन्दै पैसा माग्ने र पैसा नदिए परिवारका सदस्यलाई फोन र म्यासेज गर्ने अनि कर णीको केस गर्छु भन्दै ध म्की दिने गरेको ती युवकले बताए । उनले भने, ‘मसँग ८ लाख रुपैयाँ पनि लिई र अन्तिममा कर णीजस्तो ग म्भीर अ प’रा’धमा मुद्दा समेत दर्ता गराई ।

उसले बार्गेनिङ गरेको म्यासेज र कल रेकर्ड मसँग अझै छ । तर, पनि के गर्नु मै भा’गेर हिँड्नु परेको छ । त्यो महिलाले मेरो जीवन ब’र्वाद पारी । अझ मैमाथि ध म्की आइरहेकै छ । मेरो व्यथा कसले बुझिदिने ?’ (यो समाचारको पुरा अंश रातो पाटीमा छ हामीले केहि अंश साभार गरेका हौ )

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय