बिहिबार , बैसाख १३, २०८१

नेपाली राजनिति,

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसिसी पारित गरिने बताएका छन्।

बा’ढीप’हिरो प्रभावित क्षेत्र निरीक्षणमा सुदूरपश्चिम आएका देउवाले धनगढीमा आज बिहान भएको पत्रकार सम्मेलनमा पत्रकारले राखेको प्रश्नको जवाफ दिँदै एमसिसी पास हुने बताए।

‘एमसिसी पास हुन्छ,’ प्रधानमन्त्री देउवाले भने, ‘‘एमसीसी पास हुन्छ, यसका बारेमा नेपालमा झुटा हल्ला फैलाइएको छ। यसमा संसोधन गर्नुपर्ने पनि केही छैन’ देउवाले भने, ‘एमसी’सी ऋ’ण होइन, अनुदान हो। कसैले सित्तैमा पैसा दिन्छुभन्दा पनि लिन्न भन्छन् यार।’

एमसिसी नेपालको का’नुन भन्दा माथि नरहेको पनि उनको भनाइ थियो। नेपालकै कानुन अनुसार नै एमसि’सी अगाडि बढ्ने उनले बताए। ‘यो नेपालकै कानुन अनुसार हुन्छ। यति ठूलो अनुदान आएको छ तर त्यो पनि चाहिएन भन्छन् हद भइसक्यो,’ उनले भने।

‘विश्व कैंक, एडी’बीहरुमा नेपालको का’नुन लागु हुँदैन। कुनै मुद्धा पर्‍यो भने त्यसमा अन्तराष्ट्रिय कानु’न लागु हुन्छ’ देउवाले भने, ‘एमसी’सीका बारेमा मुद्दा परे मात्रै अन्तर्राष्ट्रिय ‘का’नुन लागु हुन्छ।’

प्रधानमन्त्री देउवाले नेपालमा एडीबि, विश्व बैंकको ऋ’ण आइरहेको तर अनुदान आउन नदिने चलखेल भइरहेको बताए। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय