बिहिबार , बैसाख ६, २०८१

पुरा खबर,

गायिका इन्दिरा जोशीले केही दिन अगाडि आफ्नो प्रेमी सार्वजनिक गरिन् ।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राम मार्फत आफ्नो प्रेम सार्वजनिक गरेकी थिइन् । त्यती बेला आफ्नो प्रेमी नखुलाएकी इन्दिराले एकै पटक सबैलाई सरप्राइज दिइन् ।

प्रेमी शरद केडियाले उनलाई हेलिकप्टरमा खुम्बु पुगेर बिहेको प्रस्ताब राखेको तस्बिर सार्वजनिक गरिन् ।

फरक कार्यक्रमका लागि हेलिकप्टर चार्टरमा पुगेका उनीहरुले त्यो अवसर सदुपयोग गरेका थिए । हेलिकप्टर अगाडी प्रेम प्रस्ताव राखेका केडियालाई इन्दिराले पनि सहर्ष भावी पतिका रुपमा स्वीकार गरिन् ।

३ बर्ष अगाडिको भेटघाटलाई इन्दिरा र शरदले प्रेममा बदलेका हुन् । उनीहरुले बिहेको तयारी नभएपनि इन्गेजमेन्टका लागि भने कुराकानी भैरहेको बताएका छन् ।

गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इंगेज्मेन्ट गरेकी छन्। शरदले इन्दिरालाई हेलिकोप्टरमा खुम्बु पुर्याएर औंठी साटासाट गरेका हुन्। इन्दिराले शरदले आफूसँग बिहे प्रस्ताव राखेको र आफूले ओके भनेको आफ्नो फेसबुक स्टाटसमा पोस्ट गरेकी छन्।

उनले शरदले आफूलाई औंठी लगाइदिएको विभिन्न तस्बिरहरूसमेत पोस्ट गरेकी छिन्। फेसन डिजाइनरका रूपमा कार्यरत शरद र इन्दिरा पछिल्लो दुई वर्षयता प्रेममा रहेको बताइन्छ।

‘लूट’ फिल्मको आइटम गीत उध्रेको चोली।।बाट चर्चामा आएकी गायिका इन्दिरासँग इंगेज्मेन्ट गरेका शरद पेसाले फेसन डिजाइनर हुन्। काठमाडौ, नक्सालमा फेसन स्टोर चलाइरहेका उनी विभिन्न नयाँ डिजाइनका ड्रेस तयार पार्न माहिर छन्। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय