बुधबार , बैसाख १२, २०८१

पुरा खबर,

पाँचथर । पाँचथरमा बा’ढी तथा पहि’रोमा परी मृ’त्यु भएकाको शव परीक्षण नगरी दा’हसंस्कार गरिने भएको छ ।

आज बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले शव परीक्षण गरी दा’हसंस्कार गर्नसक्ने अवस्था नरहेको देखिएकाले सो निर्णय गरेको हो ।

यद्यपि दा’हसं’स्कारका लागि ‘शङ्कास्पद स्थितिमा मृ’त्यु भएको देखिन नआई विपत् प्रकोप (बा’ढी, प’हिरो) कै कारण मृ’तकको मृ’त्यु भएको स्पष्ट यकीन भएको’ मुचुल्का भने तयार पार्नुपर्ने बैठकले निर्णय गरेको छ ।

सम्बन्धित वडाको वडाध्यक्षको रोहबरमा स्थानीयवासीलाई साक्षी राखी प्रकोपकै कारण मृ’त्यु भएको मुचुल्का गरी दा’हसं’स्कार गर्न दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले जानकारी दिनुभयो ।

बा’ढी र पहि’रो’का कारण हालसम्म जिल्लामा २६ जनाको मृ’त्यु भएको पुष्टि भएको छ । गाउँमा मृ’त्यु भएकालाई बजारी क्षेत्रमा पु¥याई ‘श’व परी’क्षण गर्न सकिने अवस्था नरहेको तथा चिकि’त्सकलाई गाउँमा लगेर शव परीक्षण ग’र्नसक्ने स्थिति नरहेकाले सो निर्णय गरिएको प्रजिअ ढकालले बताउनुभयो ।

बैठकले जिल्लामा विपत्को स्थितिबारे थप सचेत र सजग भई उ’द्धार र रा’हतका कार्यलाई तीव्र र व्यव’स्थित गर्नुपर्ने आवश्यकता देखिएको भन्दै सो प्रकारको तयारी गर्ने निर्णय समेत गरेको छ । बा’ढी तथा पहि’राेका कारण पाँचथरमा हालसम्म २६ जनाको मृ’त्यु भएको छ भने छ जना बे’पत्ता छन् । यस्तै आठ जना घा’इते भएका छन् ।यो खबर न्युज २४ मा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय