बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

काठमाण्डाै – झरीले भिजेको धानलाई सुरक्षित बनाउन विभिन्न उपाय अपनाउन विज्ञले सुझाव दिएका छन् ।

धानबाली विज्ञ हरिकृष्ण उप्रेतीका अनुसार सबैभन्दा पहिले भिजेको धानलाई हलुकासँग उठाएर सुक्खा ठाउँमा राख्नुपर्छ ।

उम्रेर नो’क्सान हुनबाट जोगाउनका लागि धेरै चिसो वा धेरै तातो ठाउँमा राख्न हुँदैन । नका’टेको धान ढ’लेको भए पानी तर्क्याउने र पानी सबै सुकेपछि मात्र काट्न उहाँले सुझाव दिनुभएको छ ।

यस्तै झार्न सम्भव भएको ठाउँमा धान चिसै भए पनि झारेर ओभानो ठाउँमा लगेर राख्नु पर्छ । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्नु हुँदैन । चिसो धानलाई एक्कासी तातो ठाउँमा राख्दा उम्रने सम्भावना रहन्छ ।

धान राख्दा चिस्यान प्रतिशत १४ भन्दा कम हुनुपर्ने उहाँले बताउनुभयो । नकाटेको धान डुबेको भए चिन्तित हुन नपर्ने उप्रेतीले बताउनुभयो । नकाटेको धान डुबेको भए पनि पछि झार्दा धेरै नोक्सान नहुने उहाँको भनाइ छ । लगातारको वर्षाका कारण देशका धेरै ठाउँमा धान बाली डुबेको छ ।

कतिपय ठाउँमा काटिसकेको धान पानीमा भिजेको छ भने कतिपय ठाउँमा दाना नै नलागेको धान ढलेको छ । दाना नै नलागेको धान डुबेको अवस्थामा भने त्यसलाई सुरक्षित गर्न नसकिने धानबाली विज्ञ उप्रेतीले बताउनुभयो ।

वर्षाका कारण १० देखि १५ अर्ब रुपैयाँ बराबरको धानबाली नोक्सान भएको सरकारले अनुमान गरेको छ । तर तथ्याङ्क सङ्कलनको काम भइरहेकाले यकिन तथ्याङ्क आउन भने बाँकी नै छ । किसानले बेहोर्नुपरेको क्षतिपूर्ति कसले र कसरी दिन्छन् भन्ने अझै टुङ्गो लागेको छैन ।

किसानको क्षतिपूर्ति उपलब्ध गराउने एक मात्र उपाय बाली बीमा भए पनि कतिपय किसानलाई अझै पनि बाली बीमाबारे थाहा नभएकाले समस्या निम्तिएको छ । यो खबर उज्यालो अनलाइनबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय