बिहिबार , चैत्र १५, २०८०

सुनको भाउ थाहा पाउनु अघि यो सुन संग संबन्धित खबर

ज्योतिष शास्त्रका अनुसार सपनामा देखिने सबै कुराले हामीलाई केही न केहि संकेत गराइरहेको हुन्छ।

सपनाको सम्बन्ध हाम्रो भित्री मन वा आत्मासँग जोडिएको छ भन्ने विश्वास गरिन्छ।

कहिलेकाँही सपनामा एउटा कुरा बारम्बार देखि रहन्छ भने यसको मतलब सपनाले हामीलाई केहि संकेत दिन खोजि रहेको हुन्छ। तर हामी यसलाई बुझ्न भने सक्दैनौ।

केही सपनाले भने, जीवनमा राम्रो संकेत पनि दिने गर्दछ। धेरै पटक सपनामा गहना तथा सुन देखा पर्दछ र यसको आफ्नै महत्त्व रहेको हुन्छ।यदि सपनामा सुन देखियो भने जान्नुहोस्, यसले तपाईको जीवनमा के अर्थ राख्दछ र यसले के संकेत दिन खोजेको छ ।

सपनामा अधिक सुनकागहनाहरु देखेमा, तपाई कुनै विवाह समारोह आदिमा सहभागी हुदै हुनुहुन्छ भन्ने बुझ्नुपर्छ, जसमा तपाईको पैसा पनि खर्च हुनेछ।

यदि सपनामा आफुसंग भएको सुन अरुलाई दिएको देख्नुहुन्छ भने, कसैले तपाईलाई मूर्ख बनाएर तपाईबाट पैसा कमाउँने संकेत दिएको हुन्छ। सुनको गहना चोरी भएको देख्नु भएमा, एक विपक्षीले तपाईलाई हानी पुर्याउने संकेत मानिन्छ।

सपनामा, सुनको एक सानो टुक्रा देखा पर्यो भने तपाईको घरमा कोहि बिरामी हुन गइरहेको र पैसा खर्च हुने संकेत गराउँदछ। सुनका गहनाहरु किन्दै गरेको देख्नु भएमा, चाँडै तपाईको भाग्य खुल्दै छ र तपाईको जीवनमा प्रगति हुदैछ भन्ने बुझ्नु पर्छ। कसैबाट सुन प्राप्त गर्नुको मतलब, तपाईको सम्पत्ति बढिरहेको छ भन्ने बुझिन्छ।

कसैले तपाईलाई सुन उपहार दिन्छ भने, तपाइको व्यवसायमा राम्रो सफलता हुने संकेत मानिन्छ। सपनामा आफूले सुनका गहना लगाएको देख्नु भएमा, तपाईको बिवाहित जीवन वा तपाईको काममा समस्या आउने संकेत दिएको हुन्छ। सपनामा कुनै पनि रुपमा सुन दिनु भनेको पैसा गुमाउने संकेत मानिन्छ।

नेपाली बजारमा अाज सुनको मुल्य
काठमाडौँ – सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ।

छापावाला सुनको मूल्य बुधबार ९१ हजार चार सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले बढेर ९१ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेर १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय