शनिबार , बैसाख ८, २०८१

पुरा खबर,

नेपाली हिन्हदुरूको महान चाड बडा दसैँको विशेष दिन अर्थात् विजयादशमी ।

नेपालीहरू आफ्नो ठुलाबडाको हातबाट टीका थाप्न र आशिष् लिइरहेका छन् ।

नौ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाउने गरिन्छ ।

पूजाकोठा तथा दसैँघरमा विधिपूर्वक राखिएको जमरा आजैका दिन देवीपूजा विसर्जन गरी निकालिएपछि पूर्ण घडाको जलले अभिषेक गरी आफ्ना मान्यजनबाट श्री नवदुर्गा भवानीको प्रसाद, टीका र जमरा लगाई आशिर्वाद थापिन्छ ।

हरेक नेपालीजस्तै वर्षभरि चलचित्रको छायांकनमा व्यस्त हुने नेपाली कलाकारहरू पनि दसैँको मौका छोपी रमाइलो गर्ने र परिवारसँग समय बिताउने गर्दछन् ।

आम नेपालीजस्तै नेपाली कलाकारहरूलाई पनि दसैँले छप्पकै छोपिसकेको छ । तर, यो पटकको दसैँमा केही अभिनेत्रीहरू भने विदेश भ्रमणमा गएका छन् । हेरौँ दसैँ कसले कसरी मनाउँदैछन् ।

केहि समय अगाडी मात्र आमा बनेकी अभिनेत्री ऋचा शर्माले पनि यस वर्ष दसैं मनाईन्। ऋचाले विवाह गरेपछि पहिलो पटक दसैँ मनाएकी हुन्। गएको वर्ष ऋचाले दसैं मनाउन पाएकी थिइनन्।

ऋचाले दसैँ मनाएका तस्विरहरु सामाजिक संजालमा सार्वजनिक गरेकी छन्। तस्विरहरुमा केहि समय अगाडी मात्र जन्मिएका उनका छोरा आकर्षकको केन्द्र बनेका छन्।ऋचाले विहे पछिको पहिलो दसैँ छोराका कारण धेरै विशेष भएको सामाजिक संजालमा उल्लेख गरेकी छन्। तस्विर अपलोड गर्दै उनले लेखेकी छन्,”मेरो बिहे पछिको पहिलो दसैं, छुनुमुनुका कारण झनै धेरै विशेष । यो खबर साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय