बुधबार , बैसाख १२, २०८१

पुरा खबर,

सेतीको बाढी पसेर डुबान भएको सिगास गाउँपालिका –५ को ढुंगाड बस्ती नै सम्पर्कविहीन भएको छ ।

बैतडीका सहायक प्रजिअ खगेन्द्र भारतीका अनुसार ३ घण्टादेखि ढुंगानका कसैसँग सम्पर्क हुन सकेको छैन ।

३६ घण्टा अगाडीबाट लगातार परेको वर्षाले सोमबार रातिबाट नेपाल टेलिकमको नेटवर्क अबरुद्ध भएको छ ।

एनसिएलको नेटवर्कले पनि काम नगरेपछि बाढीमा फसेका स्थानीयहरुसँग सम्पर्क हुन नसकेको जिल्ला प्रशासन कार्यलय बैतडीले जनाएको छ ।उद्धारका शिवलिङ प्रहरी चौकीबाट ६ जना प्रहरीको टोली ढुंगाडतर्फ पठाएको सहायक प्रमुख जिल्ला अधिकारी भारतीले जानकारी दिए ।

शिवलिङबाट ढुंगान पुग्न ४/५ घण्टा लाग्ने उनले बताए ।ढुगांनतर्फ प्रहरी पठाएपनि अहिलेसम्म यकिन जानकारी आउन नसकेको भारतीले जनकारी दिए ।ढुगांनको जनकारी आउँने बित्तिकै जिल्लाबाट थप सुरक्षाकर्मी पठाउन तयारी रहेको उनको भनाइ छ ।

उनले भने, ‘सोमबार राति नै ढुंगाडमा दर्जनौं घर डुबानमा परेको खबर आएको थियो । नेटर्वकले काम गरेको छैन । त्यसैले अहिलेसम्म यकिन विवरण आउँन सकेको छैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय