शुक्रबार , बैसाख ७, २०८१

पुरा खबर,

सरकार र अनस’नरत रुवी खानबीच सहमति भएको छ ।

सहमतिसँगै खानले अनसन स्थगित गरेकी छन् ।

बाँकेकी नन्कुन्नी धोबीको मृ’त्यु र निर्मला कुर्मी बे’प’त्ता प्रकरणमा सरकारले अनु’स’न्धान र दो’षीलाई का’रबा’ही गर्ने प्रति’बद्धता जनाएपछि सहमति भएको हो ।

सरकारले उक्त घटनाको अनुस’न्धान गर्न छानबिन समिति बनाउनेछ । सहमति लगत्तै गृह मन्त्रालयका पदाधिकारीहरू त्रिवि शि’क्षण अस्प’ताल पुगेर रुवी खानको अ’नशन तो’डाएका हुन् ।

खानको अ’नसन तोडाउन गृह मन्त्रालयका सहसचिव फणीन्द्रमणि पोखरेल र मानव अधिकार कर्मी मोहना अन्सारी त्रिवि शिक्षण अस्प’ताल पुगेका थिए ।

उक्त प्रकरणमा अ’नुसन्धा’न र दो’षीलाई कार’बा’हीको माग गर्दै नेपालगन्जबाट रुवी खान सहितका महिला अधिकारकर्मीहरू काठमाडौँ आएर आमरण अन’सन बसेका थिए । आ’न्दोलनको नेतृत्व खानले गरेकी थिइन् । उनी ११ दिनदेखि आमरण अ’नश’नमा थिइन् । यो खबर रातोपाटिमा छ ।

यो पनि पढनुस, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेकी नेतृ कोमल वलीलाई एमाले केन्द्रीय सदस्य बन्ने ढोका बन्द भएको छ ।

एमालेले नयाँ विधानमा महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बन्ने योग्यता तोकेपछि वली आगामी दशौं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेदवार नै बन्न नपाउनेगरी ढोका बन्द भएको हो ।

एमालेको विधानअनुसार एमाले महाधिवेशन प्रतिनिधि बन्न पार्टी सदस्य भएको १० वर्ष हुनुपर्नेछ भने महिलाको हकमा ७ वर्ष कायम छ ।

यी दुवै योग्यता वलीको हकमा नपुग्ने देखिएको छ । वली २०७४ सालमा राप्रपा छोडेर एमाले प्रवेश गरेकी थिइन् ।

वली राप्रपाको एकता महाधिवेशनमा अत्याधिक मत ल्याएर केन्द्रीय सदस्य निर्वाचित भएकी थिइन् । विधानको नयाँ व्यवस्थाले वलीसँगै जसपाबाट एमाले प्रवेश गरेका शिवजी यादव र राजकुमार लेखी तथा पूर्व उपसभामुख गंगा यादव पनि एमालेको केन्द्रीय सदस्य बन्न नपाउने भएका छन् ।

तर, पार्टी एकताका क्रममा एमाले प्रवेश गरेका अन्य नेताहरुलाई भने पूर्ववत् पार्टीको इतिहासलाई कायम गरिने भएकाले उनीहरु एमाले केन्द्रीय सदस्य बन्नबाट रोकिने छैनन् । उदाहरणका लागि माओवादीबाट आएका रामबहादुर थापा ‘बादल’ देखि टोपबहादुर रायमाझीलाई केन्द्रीय सदस्य बन्न विधानले छेक्ने छैन ।

एमाले नेता अग्नि खरेल पार्टी विधानमा यस्तो व्यवस्था राख्नु स्वभाविक भएको बताउँछन् । ‘एमाले जस्तो ठुलो पार्टीको केन्द्रीय सदस्य बन्न दश वर्षको मापदण्ड राखिनु सामान्य कुरा हो’, खरेलको भनाइ छ । यो खबर रातोपाटीमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय