बिहिबार , बैसाख १३, २०८१

पुरा खबर,

खेतमा पाकेर थन्क्याउने बेला भएको धान बालीमा व’र्षाले क्ष’ति पुगेपछि म्याग्दीका किसान चि’न्तित भएका छन्।

वर्षाको कारण पाकेको धान खेतमै झर्नुका साथै बोट समेत ढल्दा किसानको ठूलो नो’क्सानी भएको छ।

भित्र्याउने समयमा पानीले क्षति पुर्याएपछि चिन्ता बढेको बेनी नगरपालिका–२ बगरफाँटका किसान भीमबहादुर कार्कीले गुनासो गरे।पाकेको धानको बोट एउटा पनि ठाडो छैन, सबै सोत्तर भएको छ।

खेतैभरि पानी भरिएको छ,’ उनले भने, ‘एकदुई दिनमै काटेर थन्क्याउने बेलाको धान पानीले सखाप पारिदिएपछि अब यो वर्ष अनिका’ल लाग्ने अवस्था आयो।’

म्याग्दीको ज्यामरुक कोट, खवरा, बगरफाँट, पुलाचौर, सीम, बाबियाचौर, अर्मन लगायतका ठाउँमा लगाइएको धानमा व्यापक क्षति पुगेको किसानले बताएका छन्। यसैबीच पानी परेसँगै म्याग्दीमा जाडो पनि बढेको छ । उपल्लो क्षेत्रमा हिमपात हुने लक्षण देखिएको रुमका एकवीर घर्तीले बताए।

रातिदेखि भएको अविरल वर्षाका कारण जिल्लाका ग्रामीण सडक हिलाम्यै भएका छन्। लगातार वर्षाको कारण दसैँका लागि घर आएका व्यक्ति कार्य क्षेत्रमा फर्किन समस्या भएको ज्यामरुककोटका सुधन सापकोटाले बताए।

‘सडकमा भल बगेको छ, बेनी बजारसम्म झ’र्नै सम’स्या भयो’, बेनी –१ को अर्जमकी देवी थापाले भनिन्, ‘गाडी चल्न सक्ने अवस्था नै छैन।’ रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय