शुक्रबार , बैसाख ७, २०८१

काठमाडौ ।

विदेशी नागरिकहरुका लागि बुद्ध एयरले भाडा दर परिवर्तन गरेको छ ।

पहिलेको भाडादर भन्दा घटाएर नयाँ भाडा कायम गरिएको हो । विदेशी पर्यटकलाई लाग्ने भाडादर घटाएको बुद्ध एयरले सूचना जारी गर्दै जनाएको छ।

बुद्ध एयरले नयाँ भाडादर सार्वजनिक गर्दै विदेशी पर्यटकलाई लाग्ने भाडादर सार्वजनिक गरेको हो ।

आफ्नो आन्तरिक उडानमा बुद्ध एयरले जनवरी २०२२ बाट लागु हुने गरी डलर फेयर घटाउने निर्णय भएको जनाएको छ। जसमा भाडादर ५० प्रतिशत घटाइएको उल्लेख गर्दै नयाँ भाडादर सार्वजनिक गरेको छ।

नयाँ भाडादर अनुसार काठमाडौं–पोखरा ६५ डलर, काठमाडौं–विराटनगर ७६ डलर, काठमाडौं–जनकपुर ४२ डलर, काठमाडौं–सिमरा ३० डलर, काठमाडौं–भैरहवा ६५ डलर, काठमाडौं–धनगढी १३८ डलर, काठमाडौं–नेपालगन्ज १०२ डलर, काठमाडौं–भद्रपुर ९४ डलर रहने उल्लेख छ। यो पनि पढनुस, काठमाडौ । व्यावसायिकरूपले कडकनाथ (का लो कुखुरा) पालेर काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर १० विष्टगाउँ निवासी मुक्ति विष्टले मनग्य आम्दानी गर्दै आएका छन्।

हिजोआज घर नजिकैको टहरामा कुखुराको खोरमा दाना दिने, स्याहार गर्ने र अण्डा टिपेर व्यवस्थापनमै उनको दिन बित्दै आएको छ।

विष्टको फार्ममा दैनिक २०० अण्डा उत्पादन भइरहेको छ। त्यसबाट हप्तामा करिब एक हजार चल्ला उत्पादन हुने र त्यसलाई प्रतिचल्ला २०० का दरले बिक्री हुँदै आएको छ। “यो जातको कुखुरामा प्रोटिन बढी हुने, चिल्लो नहुने र शरीरमा रोग प्रतिरोधात्मक क्षमता वृद्धि हुने भएकाले बजारमा माग धेरै बढेको छ। अब जिल्लाभर कडकनाथलाई विस्तार गर्ने योजनामा छु।” उनले भने, “पहिलोपटक भएकाले परीक्षणको रुपमा गरिएको र अब बृहत रुपमा गर्दैछु।”

यसअघि बजारमा चल्ला बिक्री भइसकेको, मासुका लागि बजारमा तीन हजारदेखि तीन हजार ५०० सम्ममा कुखुरा बिक्री हुने गरेको र भाले कुखुरा भने फार्मबाटै उनले प्रतिगोटा दुई हजारदेखि दुई हजार ५०० सम्ममा बिक्री हुँदै आएको छ। व्यक्तिगत सम्बन्धदेखि सामाजिक सञ्जालमार्फत पनि कडकनाथ विक्री भइरहेको व्यवसायी विष्टले बताए।

नेकपा एमाले काभ्रेपलाञ्चोक जिल्लाको सचिवालय सदस्यसमेत रहेका उनी पार्टी राजनीतिमा पनि सक्रिय रहनाका साथै व्यवसायलाई पनि उत्तिकै समय दिँदै आएका छन्।

“पार्टीले कुनै पनि मान्छे उत्पादनसँग जोडिएन भने त्यसको राजनीतिक भविष्य छैन भनेर भनिसकेको अवस्थामा अब आफू मात्रै नभई सबै नेता तथा कार्यकर्ता कुनै न कुनै व्यवसायमा आबद्ध हुनैपर्ने अवस्था सिर्जना हुने नै छ, त्यसैले म त पहिलादेखि नै गर्दै आएको कामलाई थप व्यवस्थित पार्दै व्यावसायिक रुपमा नै अगाडि बढिरहेको छु” उनले भने। आफैँ रेखदेखका लागि खटिएका विष्टले फार्ममा दुई जनालाई रोजगारीसमेत दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय