बिहिबार , चैत्र १५, २०८०

नेपाली राजनिती,

पूर्वप्र धानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गर्दै तीन महिनामा बल्ल मन्त्रिमण्डलले पूर्णता पाएको बताएका छन् ।

दशैं, दीपावली, छठ र नेपाल सम्बतको अवसरमा झापाको बिर्तामोडमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले भने, ‘तीन महिनामा बल्लबल्ल मन्त्रिमण्डलले पूर्णता पाएको छ, सरकार कसरी चलिरहेको छ भन्ने प्रष्टै छ ।

अरु केके भएको छ, त्यो चाहिँ देखिन बाँकी छ ।’

प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका एमाले अध्यक्ष ओलीले ‘अर्ली इलेक्सन’को सम्भावनासमेत रहेको दावी गरे ।

आफुले नेतृत्व गरेको सरकारले विकास निर्माणमा आशालाग्दो काम गरेको चर्चा गर्दै उनले प्रदेश र स्थानीय तहको सरकारलाई अब धेरै अवधि बाँकी नरहेका कारण तीव्रगतिमा विकासका कार्यलाई अघि बढाउन आग्रह गरे।

जनताको जीवनमा देखिने गरी परिवर्तन ल्याउन लोकतन्त्र स्थापना गरिएको जनाउँदै अध्यक्ष ओलीले लोकतन्त्रको माला जपेर लोकतन्त्रकै विरु द्धगतिविधि गर्नेको कुप्र चार र भ्रम निस्तेज बनाउन कार्यकर्ता पङ्क्तिलाई आह्वान गरे ।

उनले दशैं, तिहार, छठलगायतका चाडपर्वले समाजलाई एकता र सद्भावमा उन्नका लागि मालाको काम गरेको धारणा व्यक्त गरे । उनले लोकतन्त्रलाई व्यवहार र जीवनमा उतार्न सद्बुद्धि आवोस् भनी शुभकामना समेत व्यक्त गरेका छन्।विसं २०५० सालदेखि बडादसैँको महानवमीका दिन एमाले अध्यक्ष ओलीले गृहजिल्ला झापामा शुभकामना आदानप्रदान गर्दै आएका छन् ।

गत वर्ष को’भिड–१९ को कारण कार्यक्रम रोकिएको थियो । कार्यक्रममा प्रदेश नं १ का मुख्यमन्त्री भीम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हिरा थापा, नेकपा एमालेका प्रदेश कमिटी सचिव विनोद ढकाल,सांसद् कोमल वलीलगायतले मन्तव्य व्यक्त गरेका थिए। यता पटक–पटक सर्दै आएको नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिरमा पनि नहुने भएको छ ।

कार्यतालिका कार्यान्वयनको अवस्था, क्रियाशील सदस्यता वि’वाद र चाडपर्वका कारण पछिल्लो पटक तोकिएको मिति मंसिरमा पनि महाधिवेशन सम्भव नहुने कांग्रेस स्रोतको दावी छ ।

कांग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तय गरेको थियो । तर, महाधिवेशन कार्यतालिका यसअघि नै प्रभावित भइसकेको छ ।

नयाँ तालिका नबनेका कारण महाधिवेशन मंसिरमा हुने सम्भावना टर्दै गएको कांग्रेसकै नेताहरु बताउन थालेका छन् । कार्यतालिका अनुसार काम भएको भए गत असोज १८ गते कांग्रेसका सबै जिल्लाको अधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो ।

दसैंलगत्तै कात्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन हुनुपर्ने थियो । यद्यपि अहिलेसम्म १४ हिमाली जिल्लामा मात्रै कांग्रेसको अधिवेशन सम्पन्न भएका छन् । अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन नै भएका छैनन् । प्रदेश २ का ८ जिल्लासहित रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन नै भएका छैनन् । वडा अधिवेशन भएको सिन्धुपाल्चोकमा पालिका अधिवेशन नै भएको छैन ।

यही कारण कांग्रेस शीर्ष नेताहरु महाधिवेशन कति समय सार्ने भन्ने आन्तरिक छलफलमा जु’ट्न थालिसकेका छन् । कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले दुई दिनअघि चितवन पुगेर तिहारलगत्तै अधिवेशनहरु सुचारु हुने बताएका थिए ।

तिहार लगत्तै छठ पर्व हुने भएकाले छठपछि धमाधम अधिवेशन हुँदा पनि महाधिवेशन कम्तीमा १ महिना धकेलिन्छ । कात्तिक २४ गते छठपर्व रहेको छ । त्यसअघि अधिवेशन सुचारु नहुने हुँदा मंसिर ९ मै महाधिवेशन नहुने निश्चित छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय