शुक्रबार , बैसाख ७, २०८१

बारा।

नेकपा एमालेका नेता प्रभु साहले नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड माओवादीको सिद्धान्त छोडेर प्र’तिक्रियावादीको पछिपछि लागेको आ’रोप लगाएका छन्। ।

गृह जिल्ला रौतहटमा बडा दसैँ दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा साहले अब प्रचण्ड पुष्पकमल दाहाल मात्र रहेको बताए ।

साहले माओवादी र कम्युनिस्टको नाउँमा भोट लिएर शेरबहादुर देउवाको पछि लागेका प्रचण्ड र माधव नेपाल कुनै पनि हालतमा कम्युनिस्ट हुनै नसक्ने दाबी गरे ।

साहले रावण र महि’सासुर सतामा मातिए जसरी प्रचण्ड र नेपाल मातिएर केपी ओली प्रधानमन्त्री बनेको ६ महिनामै देउवातर्फ लागेर देशलाई पछाडि धके’ल्ने’ काम गरेको आरो’प लगाए ।

नेपाली जनताले आफ्नो ज्यानको आहु’ति दिएर प्रचण्डलाई राष्ट्रिय नेता बनाएको वताउँदै उनले भने, ‘प्रचण्डले जनतालाई धो’का दिएका छन् तर जनतालाई धोका दिने सँधै बेघर हुन्छ ।‘

कार्यक्रममा सांसद कुन्दन कुश्वाहा, मौलापुर नगर प्रमुख रीना साह, उपप्रमुख गौरी शंकर जयसवाल, कटहरिया नगर प्रमुख सियाराम कुश्वाहा, नेताहरू त्रिभुवन साह, मनोज यादव जयप्रकाश कौशल, ठागा दा’स लगायतले धारणा राखेका थिए । यस्तै यता पटक–पटक सर्दै आएको नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिरमा पनि नहुने भएको छ ।

कार्यतालिका कार्यान्वयनको अवस्था, क्रियाशील सदस्यता विवाद र चाडपर्वका कारण पछिल्लोपटक तोकिएको मिति मंसिरमा पनि महाधिवेशन सम्भव नहुने कांग्रेस स्रोतको दावी छ ।

कांग्रेसले आगामी मंसिर ९ गतेदेखि १३ गतेसम्म महाधिवेशन गर्ने तय गरेको थियो । तर, महाधिवेशन कार्यतालिका यसअघि नै प्रभावित भइसकेको छ ।

नयाँ तालिका नबनेका कारण महाधिवेशन मंसिरमा हुने सम्भावना टर्दै गएको कांग्रेसकै नेताहरु बताउन थालेका छन् । कार्यतालिका अनुसार काम भएको भए गत असोज १८ गते कांग्रेसका सबै जिल्लाको अधिवेशन सम्पन्न भइसक्नुपर्ने थियो ।

दसैंलगत्तै कात्तिक १०, ११ र १२ गते प्रदेश अधिवेशन हुनुपर्ने थियो । यद्यपि अहिलेसम्म १४ हिमाली जिल्लामा मात्रै कांग्रेसको अधिवेशन सम्पन्न भएका छन् । अधिकांश जिल्लामा क्षेत्रीय अधिवेशन नै भएका छैनन् । प्रदेश २ का ८ जिल्लासहित रसुवा, डोल्पा, बाँके, कैलाली र सुर्खेतमा वडा अधिवेशन नै भएका छैनन् । वडा अधिवेशन भएको सिन्धुपाल्चोकमा पालिका अधिवेशन नै भएको छैन ।

यही कारण कांग्रेस शीर्ष नेताहरु महाधिवेशन कति समय सार्ने भन्ने आन्तरिक छलफलमा जु’ट्न थालिसकेका छन् । कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले दुई दिनअघि चितवन पुगेर तिहारलगत्तै अधिवेशनहरु सुचारु हुने बताएका थिए ।

तिहार लगत्तै छठ पर्व हुने भएकाले छठपछि धमाधम अधिवेशन हुँदा पनि महाधिवेशन कम्तीमा १ महिना धकेलिन्छ । कात्तिक २४ गते छठपर्व रहेको छ । त्यसअघि अधिवेशन सुचारु नहुने हुँदा मंसिर ९ मै महाधिवेशन नहुने निश्चित छ । अनलाइन नेपालबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय