शुक्रबार , चैत्र १६, २०८०

नेपाली राजनिती,

काठमाडौ – सहरी विकास मन्त्री रामकुमारी झाँक्री फेरी भाइरल भएकी छन् ।

संधै चर्चा आइरहने उनी यो पटक श्रीमानका कारण भाइरल भएकी हुन् ।

नेपाल पृति सत्तात्मक समाजबाट निर्देशित छ । श्रीमानले श्रीमतिलाई दिएको निर्देशन अनुसार नेपालीहरुको घर चल्ने गरेको छ । तर झाँक्रीका लागि भने ठिक उल्टो भएको छ ।

उनले आफ्ना श्रीमान पशुपति पुरीलाई सार्वजनिक रुपमा निर्देशन दिएपछि फेरि एकपटक चर्चामा आएकी हुन् । देउवा सरकारमा रामकुमारी झाँक्री नेकपा एकीकृत समाजवादीको तर्फबाट मन्त्री बनिन् । उनी मन्त्री बनेकै मन्त्रालयमा उनका पतिको काज सरुवा भएको छ ।

उनी उपसचिवका रुपमा सोही मन्त्रालयमा कार्यरत छन् । उनले अहिले सहरी विकास मन्त्रालय हाँक्ने जिम्मेवारी पाएकी छन् । सहरी मन्त्रालयमा उनको निर्देशनलाई कार्यान्वयन गर्ने काममा छन् पति पशुपति पुरी ।

मन्त्रालयमा कार्यभार सम्हाल्ना साथ उनले कुर्सीमा बस्दै कर्मचारीलाई निर्देशन दिइन् । मन्त्रीका लागि गर्नुपर्ने ब्रिफिङ दसैं अघि नै गर्नुहोला । समय कम छ गर्नुपर्ने काम धेरै छन् । उनलाई व्रिफिङ गर्नेमा पर्छन एक जना उनकै पति पशुपति ।

वि.स. २०३४ सालमा गुल्मीको मयाल पोखरी गाविसमा जन्मिएकी झाँक्रीको राजनीतिक यात्राहरु उकाली ओराली छन् । ०६५ सालमा पोखरा महाधिवेसनबाट तत्कालीन नेकपा (एमाले) को विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा चुनिएकी उनी कक्षा ७ मा अध्ययनरत रहँदै विद्यार्थी राजनीतिमा होमिएकी थिइन् ।

कलिलै उमेरमा विद्यार्थी राजनीतिमा प्रवेश गरेकी उनी ०६५ सालमा अनेरास्ववियुको अध्यक्ष भएर राजनीतिक यात्रालाई चुलीमा पुर्याइन् । अनेरास्ववियुको अध्यक्षको जिम्मेवारी सम्हाल्नुअघि उनी राजतन्त्रविरुद्ध सडकमा उत्रिइन् । २०६१ सालमा राजाले सैनिक परिचालन गरेर ‘कु’ सत्ता हातमा लिँदा झाँक्री राजतन्त्रविरुद्ध ज्यान दिन सडकमा उत्रेर विरोध गरिन् ।

तर, राजनीतिक जीवनमा होमिएका झाँक्रीलाई अघि बढ्न उनका श्रीमान् पशुपति पुरीको उत्तिकै साथ छ । उनलाई प्रहरीले पक्राउ गर्दा श्रीमान पुरीकै रोहबरमा रिहा गरिएको थियो ।

पुरी अहिले नेपाल सरकारको उपसचिव पदमा कार्यरत छन् । क्याफेमा भेट भएर चिनजान भएका झाँक्री र पुरीको स म्ब न्ध विवाहमा परिणत भयो । झाँक्री मगर समुदायका हुन् भने पुरी आर्य समाजका ।

तैपनि विचार र सिद्धान्त मिलेपछि पशुपति र रामकुमारीको चिनापर्ची भएको ५ वर्षपछि अर्थात् २०६६ माघ २९ गते विवाह भयो । पुरी अहिले भौतिक पूर्वाधार मन्त्रालयको उपसचिवको रुपमा कार्यरत छन् । उनी धनकुटावासी हुन् भने झाँक्री गुल्मीकि हुन् । यो खबर मोटीभेट न्युजबाट साभार गरियको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय